Incident Reports

Annapurna: Public health officer caught red-handed while taking bribe

2017-08-09

Province 1, Jhapa, Damak

The team of Commission of Investigation of Abuse and Authority has caught an officer of District Public Health office red-handed while taking bribe money from the service seeker. Public health officer Ram Prasdh Shah was caught red-handed while taking 2 lakh bribe money from the service seeker. जिल्ला जनस्वास्थ्य कार्यालय झापाका एक कर्मचारी मंगलबार दिउँसो अख्तियारको फन्दामा परेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अधिकृत रामप्रसाद शाह अख्तियारको फन्दामा परेका हुन्। अख्तियारको केन्द्रीय र क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले उनलाई सेवाग्राही बाट दुई लाख रुपैयाँ घुस लिदै गरेको अवस्थामा पक्राउ गरेको हो। क्षेत्रीय कार्यालय अख्तियारका अनुसार उनलाई भद्रपुरस्थित उनकै इन्स्टिच्यूटबाट रंगेहात पक्राउ गरिएको हो। जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन समेत रहेका शाहले दमकस्थित एक अस्पतालको काम गरिदिने भन्दै घुस लिएको सूचनाका आधारमा पक्राउ गरेको अख्तियार इटहरीका डीएसपी रमेश बस्नेतले जानकारी दिए। शाहले रकम दिन आएका व्यक्तिलाई जनस्वास्थ्यमा बोलाउदा शंका हुने भएकाले भद्रपुर– ८ मा रहेको आफैँले खोलेको रामप्रसाद–लक्क्षेन्द्र टेक्निकल इन्स्टिच्युटमा बोलाएका थिए। सोही बेला रकम लिए संगै पक्राउ गरिएको अख्तियारले जनाएको छ। जनस्वास्थ्य कार्यालयमा बार्षिक रुपमा गरिनुपर्ने दर्ता नविकरणको प्रमाणपत्र दिने सर्तमा अधिकृत साहले अस्पतालबाट दुई लाख रुपैयाँ घुस माग गरेका थिए। माग गरेको रकम नदिए हस्पिटललाई प्रमाणपत्र नदिने साहले धम्की समेत दिएको बताइएको छ। प्रमाणपत्रको नाममा शाहले अस्पतालबाट दुई लाख रुपैयाँ घुस माग गरेपछि अस्पतालका सञ्चालक समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीका लागि लिखित निवेदन दिएपछि अख्यितारको टोली खटिएका थिए। पक्राउ परेका अधिकृत साहलाई आवश्यक कारबाहीका लागि विशेष अदालतमा पेस गरिने डीएसपी बस्नेतल जनकारी दिए।

0 Comments

Related Reports
Related Trend Analysis