Incident Reports

पोखरामा सैनिकले आफ्नै सहकर्मीमाथि गोली हाने

2017-08-15

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरामा एक सैनिकले आफ्नै सहकर्मीको गोली हानेर हत्या गरेका छन् । फेवाताल किनारमा रहेको पोखरा सिद्धीबक्स गणको रत्न मन्दिरको सुरक्षार्थ खटिएका सैनिकले सुतिरहेका आफ्नै सहकर्मीको हत्या गरेका हुन् । दार्चुला घर भई प्यूठ पदमा गणमा कार्यरत वसन्त लोहारले बैतडी घर भएका सहकर्मी गणेश विष्टको हत्या गरेका हुन् । राति ३ बजेदेखि ६ बजेसम्मको ड्यूटीमा रहेका उनले बिहान ४ः३० बजे सुतिरहेका विष्टमाथि गोली प्रहार गरेको प्रहरीले बताएको छ । घरायासी विवादका कारण घट्ना घटेको प्रहरीको अनुमान छ । ड्यूटीका बारेमा कुनै विवाद नरहेकाले घरायासी विवादकै कारण घट्ना घटेको हुनसक्ने वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज प्रहरी निरीक्षक वसन्त शर्माले जानकारी दिए । मृतक विष्टको शरीरमा गोली लागेको बताइए पनि कुन भागमा लागेको हो भन्ने बारेमा खुलेको छैन । ‘घट्ना घटेको हो, थप अनुसन्धान भइरहेको छ’, कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले भने । मृतक विष्टको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ भने गोली प्रहार गर्ने लोहार आर्मीको नियन्त्रणमा छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Kaski , Local Newspaper - Kailali , Local Newspaper - Kaski

0 Comments

Related Reports