Incident Reports

Police Rescue Children

2013-06-07

Surkhet/June 9 Police have rescued 42 children being taken to India under the pretext of getting employed in various jobs in India. The children who hail from various VDCs of Salyan were returned home by police on June 9 after they were rescued from Chhinchu by Area Police Office Chhinchu on June 7. They were being taken to Nepalgunj via Surkhet. Suresh Kumar Roka Magar and Tanka Prasad Roka Magar have been arrested for trying to take the children to India. According to the chief of District Police Office Bishwa Niranjan Pradhan, the children gave statements that they were on their way to Uttar Pradesh in India to work in a Cement Factory in Shimla. The children said that they were travelling to India on their parent's consent. Among those children, 24 are girls. The children, most of whom are between 12-18, said that they had not attended school and had travelled to India earlier. Durga Thapa सुर्खेत । ०७० जेठ २६ गते भारतमा काम लगाइदिने भनी सल्यान जिल्लाका विभिन्न गाविसहरूबाट भारत लगिदै गरेका ४२ जना बालबालिकाहरूलाई प्रहरीले उद्धार गरी ०७० जेठ २६ गते घरघरमा फर्काएको छ । सल्यानबाट सुर्खेत हुँदै नेपालगञ्जतर्फलैजाँदै गरेको अवस्थामा विशेष जानकारीका आधारमा इलाका प्रहरी कार्यालय छिन्चुले जेठ २४ गते साँझ छिन्चुबाट उद्धार गरेका बालबालिकाहरूलाई दुई दिनसम्म वीरेन्द्रनगरमै राखी आवश्यक अनुसन्धान गरी घरमा फर्काएको हो । भारत लैजान खोजिएकामध्ये सल्यान जिल्लाको निगाल्चुला, कुभिण्डे दह र माझगाउँ गाविसका रहेका छन् भने एक जना बालक दाङ पुरन्धारा गाविसका रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई भारत लैजान खोज्ने सल्यानकै सुरेशकुमार रोकामगर र टंकप्रसाद रोकामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती बालबालिकाहरूले भने अभिभावकको सहमति अनुसार भारतको उत्तर प्रदेशमा पर्ने सिम्लामा सिमेन्ट कम्पनीमा काम गर्न त्यसतर्फजान लागेको बताएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख विश्वनिरञ्जन प्रधानले बताए । भारत लैजान लागिएकामध्ये २४ जना बालिका र १८ जना बालक रहेका छन् । १२ देखि १८ वर्षउमेरका अधिकांश बालबालिकाहरूले आफूहरू नपढ्ने र यसभन्दा पहिले पनि भारत गएर फर्किने गरेको बताए । प्रहरीद्वारा उद्धार गरिएका ती बालबालिकाहरूलाई जेठ २६ गते जिल्ला प्रहरी कार्यालयको टोलीले सल्यानको बालुवा इलाका प्रहरी कार्यालयमा पठाउने र अभिभावकको जिम्मा लगाउने र नियन्त्रणमा लिइएका रोका मगरद्वयलाई पनि आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सल्यानमा पठाइने एसपी प्रधानले जानकारी दिए । दुर्गा थापा

0 Comments