Incident Reports

Teacher intimidated on student's dispute

2017-08-13

Lumbini, Gulmi, Musikot, Ward 4

Teacher Bikram Limbu,18 of Digamchaur Primary School at Musikot Municipality-4 has accused one local youth of beating him on August 13. He was intimidated by 30 years old Rajendra Rana Kumal of the same place while he was returning back home from school. The teacher said that he was threatened by the accused relating the dispute between him and students. The principal of the school, Sita Karki, said that this incident has made other teachers unsecured. The discussion between the teacher and accused Rana was conducted at Police Post however both parties could not reach into consensus according to the principal. The school management said that the complaint will be lodged at District Police and District Education Office for the settlement. मुसिकोट नपा-४ मा रहेको दिगामचौर प्राथमिक विद्यालयका १८ वर्षीय शिक्षक विक्रम लिम्बुलाई स्थानीय एक युवाले साउन २९ गते कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । विद्यालयबाट घर फर्कँदै गरेका शिक्षक लिम्बुलाई सोही ठाउँका ३० वर्षीय राजेन्द्र राना कुमालले कुटपिट गरेको पीडितको भनाइ छ । कुटपिटबाट पीडित शिक्षकको आँखाको मुनीको भाग, गाला र निधारमा चोट लागेको छ । ‘विद्यालयमा विद्यार्थी बिचको झगडा मसँग गाँसेर कुट्ने धम्की आएको थियो ।’-पीडित लिम्बुले भने-‘सहजीकरण हुँदै थियो । एक्कासी ममाथि आक्रमण भयो ।’ सो घटनाका बारेमा विद्यालयका प्रधानाध्यापक सीता कार्कीले विद्यार्थीहरू हल्ला गरेको बिषयलाई लिएर बिना कारण शिक्षक लिम्बुमाथी कुटपिट गरेको बताइन् । विद्यालयले अभिभावक र आरोपित रानालाई बैठकमा बोलाएर छलफल गर्ने तयारी गरेको भएपनि एक्कासी शिक्षकमाथि कुटपिट भएको प्रध्यानाध्यापक कार्कीले बताइन् । उनले शिक्षकमाथि आक्रमणपछि अरू शिक्षकहरू पनि असुरक्षित भएको बताइन् । ०७१ सालबाट विद्यालयको निजी स्रोतमा अध्यापन गराउँदै आएका शिक्षक लिम्बुमाथि भएको कुटपिटको विषयलाई लिएर प्रहरी चौकी वामीमा साउन ३० गते छलफल गरिएको थियो । दुवैपक्ष मिल्न नसकेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला शिक्षा कार्यालयमा उजुरी दिने तयारी भएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments