Incident Reports

Man assaulted accusing him of witch

2017-08-18

Bagmati, Nuwakot, Kohalpur, Ward 2

A man has been beaten severely and was made to drink urine, accusing him of a witch. The news came into the light week after the incident. 58-years-old Ganga Lal Shrestha was beaten by his neighbour Dhan Bahadur Shrestha in the public place. Police have already started investigating this incident by rescuing the victim and taking action against the culprit. The incident happened on the 18th of August. Police reached there immediately after they knew that the victim was pleading for help. Police questioned the locals and knew about the incident. It has also been reported that the victim has sustained some injuries on his body parts. It is said that Dhan Bahadur's daughter was ill and he requested Ganglalal to treat via his skills. Gangalal was a witch doctor. Locals informed about it to the police with the help of media. पञ्चकन्या गाउँपालिका–२ कविलास स्थित कालिकाथानमा ‘बोक्सो’को आरोप लगाएर एक पुरुषलाई निर्घात कुटपिट गर्दैै मानव मलमूत्र खुवाइएको घटना पीडकको दबाबमा एक सातापछि मात्र बाहिर आएको छ । अन्ठाउन वर्षीय गंगालाल श्रेष्ठलाई बोक्सो भएको आरोप लगाउँदै छिमेकी धनबहादुर श्रेष्ठले सार्वजनिकस्थलमा निर्घात कुटपिट गरी मानव मलमूत्र खुवाएको पाइएपछि प्रहरीले घटनास्थलको अनुसन्धान गरी पीडितको उद्धार र पीडकलाई कारबाहीको दायरामा ल्याउन शुरु गरेको छ । घटना यही भदौ २ गते भए पनि पीडक धनबहादुरको दबाबमा पीडित गंगालाल न्यायका लागि पहल नगरी घरमा नै बसेको सूचना पाएपछि आज इलाका प्रहरी कार्यालय खरानीटारबाट प्रहरी निरीक्षक कृष्णबहादुर विष्टको नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेर पीडितलाई उद्धार गरेको हो । घटनाको प्रत्यक्षदर्शी, स्थानीय बासिन्दालगायतसँगको सोधपुछपछि गंगालालमाथि अमानवीय व्यवहार भएको पाइएकाले संलग्नलाई नियन्त्रणमा लिन लागिएको प्रहरी निरीक्षक विष्टले जानकारी दिए । “घटनाका पीडितले न्यायको अपिल गरेका छन् ”, विष्टले भने, “प्रहरीको टोली देखेपछि पीडक धनबहादुरसमेत गाउँ छाडेकाले नियन्त्रणको प्रयास भइरहेको छ ।” कुटपिटबाट टाउको र शरीरका विभिन्न अंगमा चोट लागे पनि पीडितले घरमा उपचार गराउँदै आएकाले उपचारको समेत आवश्यकता रहेको प्रहरीले जनाएको छ । स्थानीयबासिन्दा एवम् घटनाका प्रत्यक्षदर्शीका अनुसार धनबहादुरकी छोरी बिरामी भएकाले गंगालाललाई झारफुक गरी बिसेक बनाउन आग्रह गरिएको र नमानेपछि कुटपिट र मानव मलमूत्रसमेत खुवाइएको हो । गंगालालले झाँक्री काम गर्ने गरेका थिए । घटनाका प्रत्यक्षदर्शी श्यामबहादुर श्रेष्ठकाअनुसार पीडकले अमानवीय व्यवहार गर्दै पीडितलाई घटना बाहिर नल्याउन दबाब दिएका थिए । स्थानीय बासिन्दाले सञ्चारकर्मीको सहयोगमा प्रहरीलाई घटनाको जानकारी गराएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments