46-year-old Dhiki Gurung, vice-chairperson of Baahragau Muktichhetra rural municipality in Mustang in her complaint to the police has accused 34-year-old Tenjing Gurung, ward number 4 chairperson of the same rural municipality of physically assaulting her at her own office on Monday. According to Dhiki, Gurung suddenly attacked her while there was a meeting being held about the ambulance belonging to the rural municipality.
Dhiki has also accused Tenjing's father Norbu Gurung, acting chairperson of Nepali Congress in Mustang of pulling her hair and beating her infront of the police while she had gone to lodge complaint against Norbu's son. Police have arrested both father-son duo for investigation, informed DSP Hariharnath Yogi of DPO Mustang.
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका उपाध्यक्ष ४६ वर्षीया ढिकी गुरुङलाई सोही गाउँपालिका-४, कागबेनीका वडा अध्यक्ष ३४ वर्षीय तेञ्जिङ गुरुङले भदौ १२ गते दिउँसो कार्यकक्षमै हातपात गरेको पीडित पक्षले जानकारी दिएको छ । सो गाउँपालिकामा रहेको एम्बुलेन्सका बारेमा कुराकानी चलिरहँदा आफूमाथि गुरुङले एक्कासी हातपात गरेको पीडितको भनाई छ ।
सो घटनापछि इलाका प्रहरी कार्यलय कागबेनीमा उजुरी गर्न जाँदा आरोपितका बुवा नेपाली काङ्ग्रेसका जिल्ला कार्यबाहक अध्यक्ष नोर्बु गुरुङले पनि प्रहरीकै अगाडि कपाल तानेर कुटपिट गरेको पीडितले बताइन् । उजुरी गर्न जाँदा गुरुङले थप कुटपिट गरेपछि प्रहरीले आरोपितद्वयलाई गिरफ्तार गरेको जनाएको छ ।
सो घटनाका बारेमा जिल्ला प्रहरी कार्यलय मुस्ताङका डिएसपी हरिहरनाथ योगीले आरोपित दुवै जनालाई गिरफ्तार गरेर अनुसन्धान गरिरहेको बताए ।