Incident Reports

Former Treasurer of Nepal Doctor Association manhandled

2017-08-26

Madhes, Parsa, Birgunj

Dr. Sanjay Agrawal, Former Treasurer of Nepal Doctor Association was manhandled in AMC hospital, Brigunj on Saturday. A group of 10-15 people led by Subash Jha and Baiju Jha of Birgunj-15, Laxmanwa manhandled the doctor. He was manhandled for not providing medicine to the wife of Subash Jha who was admitted at the AMC hospital in her postal natal phase. नेपाल चिकित्सक सङ्घ पर्साका कोषाध्यक्ष डा. सञ्जय अग्रवालमाथि शनिवार एएमसी अस्पतालमा हातपात भएको छ । वीरगंज महानगर–१५ लक्ष्मनवाका सुभाष झा, बैजु झालगायत १०–१५ जनाको समूहले डा. अग्रवालमाथि हातपात गरेको थियो । आज बिहान ९ बजे भएको सो घटनापछि डा. अग्रवालले आफूलाई गएराति १०४ डिग्री ज्वरो आएकोले अस्पताल आउन नसकेपछि सोको जानकारी अस्पताल प्रशासनलाई दिएको र बिहान ड्युटीमा आउँदा आफुमाथि एक्कासि हातपात भएको बताए । शुरूमा उनले आफुलाई हातपात गर्नुको कारण नबुझेको बताएका छन् । आफु बालरोग विशेषज्ञ भएको र हातपात गर्नेहरूले सुत्केरी भएकी सुभाष झाकी पत्नीलाई समयमा औषधिसेवन नगराएको आरोपमा आफुमाथि हातपात गरेको डा. अग्रवालले बताएका छन् । उनले झाकी पत्नीलाई पुत्रलाभ भएपछि नवजात शिशुको अवस्था कमजोर भएकोले एनआईसीयुमा भर्ना गरिएको र महिलालाई पनि एएमसीमैं भर्ना गरिएकोमा रात्रिकालीन ड्युटीमा रहेका नर्सले सुत्केरीलाई समयमा औषधिसेवन नगराएको भनी आफूमाथि अनाहकमा हातपात भएको बताए । घटनामा संलग्न बैजु झालाई वडा प्रहरी कार्यालय बिर्ताले पक्राउ गरेको थियो । तर राजनीतिक दबाबको कारण दिउँसै छाडिएको थाहा हुन आएको छ । यता डा. अग्रवालले घटना सम्बन्धमा चिकित्सक सङ्घले कारबाई प्रक्रिया अगाडि बढाउने बताएका छन् । उनले आफुमाथि अनाहकमा भएको हातपातका दोषीलाई कुनै पनि हालतमा सजायबिना मुक्त हुन नदिने प्रतीकलाई बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments