Incident Reports

Palpa youth killed in sharp weapon attack

2017-09-02

Lumbini, Palpa, Rampur, Ward 4

A 28-year-old youth was killed in an attack on Saturday night at Devisthan of Rampur Municipality – 4. Om Bahadur Khand, a native of Chihandanda of Rampur, was attacked with sharp weapon when he was resting in an alley after dinner. The locals informed the police immediately after the attack. The youth succumbed to fatal injuries as he was being rushed to the hospital for treatment. Krishna Kamal Chaudhary has been accused of killing Khand. Palpa's Superintendent of Police (SP) Billiraman Panta said the authorities are searching for the accused person. RSS रामपुर नगरपालिका–४ देवीस्थानमा शनिबार साँझ एक युवकको हत्या भएको छ । हत्या हुनेमा रामपुर चिहानडाँडाका २८ वर्षीय ओमबहादुर खाँण रहेका छन् । खाना खाएर गल्लीमा बसिरहेको अवस्थामा एक्कासि उनको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । हत्यापछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरी अस्पताल पु¥याए पनि उनको बाटैमा मृत्यु भएको थियो । कृष्णकमल चौधरीले कुटोले हिर्काएर उनको हत्या गरेको बुझिएको छ । पाल्पाका प्रहरी उपरीक्षक डिल्लीरमण पन्तले अभियुक्तको खोजी भइरहेको बताए। update........................... पाल्पाको रामपुर नगरपालिका, ४ देवीस्थानमा भाडामा बस्ने २८ वर्षीय ओमबहादुर हत्या आरोपी कृष्णकमल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । रम्भा, १ हुँगीमा स्थानीयको सहयोगमा चौधरीलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार शनिबार राति हत्या गरी भागेका चौधरी कपिलवस्तुको हथौसा, २ मौरीका स्थायी बासिन्दा हुन् । ग्रामीण विकास बचत तथा ऋण सहकारी संस्था भलायटारमा कार्यरत खाँडको टाउकोमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोप लगाइएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने मृतक खाँडको शव रामपुर अस्पतालमा राखिएको छ । घटनाको बारेमा छिटो छानबिन र अनुसन्धान हुनुपर्ने र दोषीलाई कडा कारबाहीको माग गर्दै नेपाली कांग्रेस रामपुर र पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिले विज्ञप्ति निकालेका छन् । रामपुर क्षेत्रका सर्वसाधारण रामपुर अस्पताल, इलाका प्रहरी कार्यालय र घटनास्थलमा भीड लागेका छन् । update............................... रामपुर नगरपालिका–१, का ओमबहादुर खाँणको हत्या आरोपी तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । भदौ १७ गते बेलुकी रामपुर नगरपालिका–४ बस्ने खाँडको हत्या भएको थियो । प्रहरी नायव उपरीक्षक रमेश पण्डीतले पूर्व रिसिवीको कारण खाँडको हत्या भएको प्रारम्भिक प्रतिवेदन देखिएको बताए। उनी भन्छन्, ‘हत्याको अभियोग लागेका अभियुक्तहरु वाणगंगा नगरपालिका–११ कपिलवस्तुका कृष्णकमल चौधरी, रामपुर–४ की गंगी थापा र सोही स्थान बस्दै आएकी निस्दी गाउँपालिकाकी गुनकेशरी दर्लामी पक्राउ परेका छन्। उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भैरहेको छ।’ रामपुर देविस्थान डेरामा बस्दै आएका ओमबहादुर खाँडलाई सोही स्थान बस्दै आएका पेन्टर काम गर्ने २९ वर्षीय चौधरीले घरेलु हातहतियार गैतीले टाउकोमा प्रहार गरि फरार भएको बताईएको छ। उनलाई प्रहरीले घटनाको भोलिपल्ट रम्भा गाउँपालिका–१, हुँगीमा पक्राउ गरेको थियो। घटनामा संलग्न अभियुक्तहरुको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Rautahat , Local Newspaper - Kaski

0 Comments