Incident Reports

Dalit minor was thrashed.

2013-06-13

Bajura: 12 June, a Dalit minor was thrashed brutally after he refused to carry a local shopkeeper’s goods at Kanda VDC. भारी बोक्न नगएको भन्दै एक दलित बालकमाथि कुटपिट गरिएको छ । काँडा गाविस-८ मा पसल सञ्चालन गर्दै आएका जयबागेश्वरी गाविस-२ का ओकेन्द्र सिंहले सोही ठाउँका स्थानीय १४ वर्षीय मनोज नेपालीलाई कुटपिट गरेका हुन् । आरोपीत सिंहले आफ्नो भारी बोक्न नगएको भन्दै यही जेठ २६ गते कुटपीट गरेको आमा निर्जलीले बताइन् । पसल व्यवसायी सिंहले पैसा दिँदा पनि भारी बोक्न नगएको भन्दै घरबाट बोलाएर मनोजलाई तवेलामा लगेर कुटपीट गरेको प्रत्यक्षदर्शी चेत नेपालीले बताए । टाउको, खुट्टा र पिठ्यूँमा गम्भीर चोट लागेका मनोजको हाल भारतको नयाँ दिल्लीमा उपचार भइरहेको आमा निर्जली नेपालीले बताइन् । घाइते अवस्थाका मनोज अहिले पनि बोल्न नसक्ने अवस्थामा रहेको अभिभावकले बताएका छन् । अभियुक्त सिंहले नेपालीलाई बजारबाट आफ्नो पसलको सामान ल्याउन भनेपनि मनोजले समान ल्याउन नसकेकाले कुटपिट गरेको बाबु प्रेम नेपालीले बताएका छन् । 'भारी ल्याउने दिनमा गाउँमा बाजा बजाउन गएकाले समान लिन नगएको बताउँदा पनि दलितहरू यस्तै गर्छन् भन्दै कुटपिट गरे', मनोजकी आमाले भनिन् । भारी बोक्नका लागी सिंहले ५ सय रुपैया समेत दिएका थिए । गाउँमा बाजा बजाउन जानुपर्ने भएकाले भनेको समयमा भारी बोक्न जान नसकेपछि पैसा फिर्ता गर्न गएको बेला सिंहले कुटपिट गरी घाइते बनाएका हुन । कुटपिटमा संलग्न ओकेन्द्र सिंहले भने आफूले कुटपिट गरेको स्विकार्दै उपचार खर्च दिने बताएका छन । तर दलित अधिकारकर्मीहरूले दोषीलाई कानुनी कारवाहीको माग गरेका छन् ।

0 Comments