Incident Reports

SSFN leader Yadav locked inside her house in Saptari

2017-09-04

Madhes, Saptari, Rajbiraj

Sanghiya Samajbadi Forum Nepal (SSFN) cadres locked party central vice-chairperson and coordinator of Madesh Pradhes Renu Kumari Yadav inside her house in Rajbiraj of Saptari on Monday. The party cadres locked Yadav after she made unnecessary intervention while picking candidates for the last leg of elections slated for September 18 in Province 2, it has been learnt. The cadres have been staging demonstration outside her house since this morning and also pelted stones at her house. The party cadres also tried to set Yadav’s house on fire this morning. They have padlocked the main door of Yadav’s house. A large number of police personnel have been deployed outside Yadav’s house. सप्तरीको राजविराजमा संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक रेणुकुमारी यादवलाई आफ्नै कार्यकर्ताले घरभित्र थुनेका छन् । प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको चुनावको लागि उम्मेदवार छनौटमा अनावश्यक हस्तक्षेप गरेको भन्दै यादवलाई उनकै घरमा कार्यकर्ताले थुनेका हुन् । यादवको घर अगाडि बिहानैदेखि कार्यकर्ताले नाराबाजी गरेका थिए भने केही समयअघि घरमा ढुंगामुढा समेत गरेका थिए । बिहान कार्यकर्ताले यादवको घरमा आगजनी गर्ने प्रयास गरेका थिए । कार्यकर्ताले यादवको घरको मूल ढोकामा ताला लगाइदिएका छन् । सडकमा टायरबालेर प्रदर्शन गरिरहेका छन् । यो समाचार तयारपार्दासम्म पनि यादव घरभित्रै छिन् । यादवको घरबाहिर व्यापक प्रहरी परिचालन गरिएको छ । विरोधको कारण यो थियो सप्तरीको बोदेबरसाइन नगरपालिकामा रेणु यादव आफ्ना छोरा अभिषेक कुमार यादवलाई मेयर पदको टिकट दिदलाउन चाहन्थिन् । तर पार्टी केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज अनिरुद्ध प्रसाद यादवका छोरा आतेशकुमार सिंह यादव पनि सो पदका आकंक्षी थिए । यस नगरपालिकामा कसलाई मेयर पदको उम्मेदवारको टिकट दिने भनेर पार्टी भित्र लामो समयदेखि विवाद चलिरहेको थियो । केहीदिन अघि पार्टी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई उम्मेदवारको नामावलीको विवाद टुंग्याउन आएका थिए । तर उनीहरुले पनि सकेनन् । पार्टी निकट स्रोतका अनुसार गएराति आतेशकुमार सिंह यादवले मेयरको टिकट पाएका छन् । आफ्नो छोरानले टिकट नपाएपछि रेणुले छिमेकी गाउँपालिका बेल्ही चपेनाको प्रमुखमा आफू निकटका चित्रंगन यादवलाई टिकट दिलाएकी थिइन् । यही विषयलाई लिएर कार्यकर्ताले अनावश्यक हस्तक्षेप गरेको भन्दै उनी विरुद्ध कार्यकर्ता विरोधमा उत्रिएका हुन् । चित्रंगनलाई दिन नहुने कार्यकर्ताले माग राखेा छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth noyouth
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Siraha , Local Newspaper - Sarlahi , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , Local Newspaper - Morang

0 Comments