Incident Reports

Man Files Torture Complaint against Policeman

2013-06-13

Gulmi/June 13 Gunaram Giri, 30, of Dhaireni in Marbhung VDC-1 has filed a complaint against Marbhung Police Post at the District Police Office on June 13 stating that he was tortured in custody of the police post on charge of stealing gold from the house of one Krishna Aryal. According to the complaint, the victim was beaten with a split bamboo in his thigh, sole of his feet and nettle leaves dipped in water by the ASI Krishna Bahadur Nepali on June 11. The victim said that ASI Nepali tortured him for three hours in order to make him confess the crime. Giri sought help from the human rights activists after being released on June 12. He received treatment at a local medical shop. Inspector Rajendra Shrestha of the DPO said that the victim would receive treatment and departmental action would be taken against the culprit policeman. Naresh Bhandari गुल्मी । ०७० जेठ ३० गते मरभूङ्ग गाविस-१ धैरेनीका ३० वर्षीय गुनाराम गिरीलाई स्थानीय कृष्ण अर्यालको नौ तोला सुन चोरेको अभियोगमा गिरफ्तार गरी मरभुङ्ग प्रहरी चौकीले शारीरिक यातना दिएको भन्दै जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । चौकीका असई कृष्णबहादुर नेपालीले अभियोग बकाउने भन्दै ०७० जेठ २८ गते हिरासतमा लिई राति १० बजे देखि १ बजेसम्म घाँटीमा समाएर बाँसको भाटाले पैताला, फिला र तिघ्रामा हान्नुको साथै सिस्नोपानी लगाएर यातना दिएको पीडितको निवेदनमा उल्लेख छ । प्रहरीले पीडितलाई सुन चोरीको विषयमा ०७० जेठ चार गते पाल्पाको गल्याङ्गबाट पक्राउ गरी जिप्रका गूल्मीमा चार दिनसम्म गैर कानुनी हिरासतमा राखी ०६९ जेठ ७ गते प्रमाण नपुगेको भन्दै पीडितका दाजु कृष्ण गिरीको जिम्मामा छाडेको थियो । कुटपिटबाट घाइते भएका गिरीलाई ०७० जेठ २९ गते बिहान स्थानीय सीता मेडिकलमा उपचार गराई दिउसो छाडेपछि न्याय खोज्दै मानवधिकारकर्मी समक्ष आएको पीडितले बताए । घटना सम्बन्धमा इन्स्पेक्टर राजेन्द्र श्रेष्ठले तत्काल पीडितको घाजाँच केस फाराम गराई उपचार गर्ने र दोसी प्रहरी कर्मचारीलाई विभागिय कारवाही हुने जानकारी दिए । घटना सम्बन्धमा डेलिकेसन गएको इन्सेक जिल्ला संयोजक यज्ञप्रसाद भुसाल, प्रतिनिधि नरेश भण्डारी, नागरिक समाजका गणेश विक, पत्रकार प्रेम सुनारसहितको टोलीसंग डगीएसपी गुरुविष्णु काफ्लेले दोषी देखिएका असई कृष्णबहादुर नेपालीलाई फिर्ता बोलाईसकिएको र विभायीय कारवाहीको लागि प्रकृया अगाडि बडाउने प्रतिवद्धता जनाए । नरेश भण्डारी

0 Comments

Related Reports
Related Trend Analysis