Incident Reports

Child Agency Rescues 14 Labors in Five Months

2013-06-13

Ilam/June 13 District Child Protection Office, Ilam has rescued 14 child laborers in the last five months and handed them over to their respective families. The Office had rescued the children from district headquarters and other towns of the district including Phikkal and Magalbare. Krishna Sunam Mangalbare, Ilam, Mukesh Shiwa of Panchthar, Nisha Danuwar of Jhapa and Rabina Mallik of Siraha were rescued by the Office on June 12. They are aged between the age of 8 and 10. Ajit Yonjan, the Office officer informed that the children were handed over to the family in the condition of sending them to the school. Kokila Dahal इलाम । ०७० जेठ ३० गते जिल्ला बाल कल्याण समिति इलामले ०६९ माघ यता १४ जना बाल श्रमिकको उद्धार गरी परिवारको जिम्मा लगाएको छ । समितिले पाँच महिनाको अवधिमा सदरमुकामसहित अन्य बजारहरू फिक्कल, मंगलबारेबाट पटक-पटक गरी यसअघि १० जना श्रमिक बालबालिकाको उद्धार गरेको थियो । यस्तै जेठ २९ गते इलाम सदरमुकामबाट उद्धार गरिएका चार जना बालबालिकालाई जेठ ३० गते परिवारको जिम्मा लगाइएको छ । बालश्रमिकको रुपमा काम गदै आएका इलाम मंगलवारेका कृष्ण सुनाम, पाँचथर घर भएका मुकेश शिवा, झापाका निसा दनुवार र सिरहाका रबिना मल्लिकलाई परिवारको जिम्मा लगाइएको जिल्ला बाल कल्याण समिति इलामले जनाएको छ । उद्धार गरिएका बालबालिका १० देखि १४ वर्षका रहेका छन् । उनीहरूलाई उनीहरूको इच्छा अनुसार पढाउने सर्तमा परिवारलाई बुझाइएको जिल्ला बाल कल्याण अधिकृत अजित योञ्जनले जानकारी दिए । कोकिला ढकाल

0 Comments