Incident Reports

Ujyaalo: Teen arrested on charge of infanticide

2017-09-01

Gandaki, Parbat, Kushma, Ward 3

Police have arrested 17-year-old Ambika Kadel on a charge of killing an infant. According to the police, a residence of Kusma municipality-1, Ambika threw her own newborn child on September 1 around 2 am to hide her illicit relationship with a guy. She has accepted her crime, police said. अबैध रुपमा गर्भधारण भएको बच्चालाई जन्मिने बित्तिकै आमाले नै हत्या गरेको पुष्टि भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका-१ पाङमा भदौ १६ गते बिहान मृत अवस्थामा फेला परेको नवजात शिशुलाई आमाले नै हत्या गरेको पुष्टि भएको हो । पर्वतको कुश्मा नगरपालिका–१ पाङ सिधाली बस्ने १७ वर्षकी अम्बिका कँडेलले शिशुलार्ई भदौ १६ गते बिहान साढे २ बजे चर्पीमा जन्म दिएपछि नाभी तानेर हत्या गरेकी हुन् । उनले शिशुलाई हत्या गरेपछि आफ्नै घर पछाडि झाडीमा फालेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । हत्या आरोपी कँडेल अविवाहित हुन् । अम्बिकाले कुश्मा नगरपालिका–३ बस्ने २५ वर्षको दुर्गा विकको अबैध गर्भधारण गरेको र आफन्त अभिभावकको डरले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । दुर्गा बिकले पसल सञ्चालन गर्दै आएका थिए । पसलमा चाउचाउ किन्न जाने क्रममा दुई जनाका बीचमा पटक पटक अबैध यौन सम्बन्ध कायम हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । स्थानीय विद्यालयमा ७ कक्षामा पढ्दै आएकी अम्बिकाले आमालाई आफ्नो नियमित रुपमा महिनावारी हुँदै आएको भनेर ढाँटीरहेकी थिइन् । कुमारी आमा अम्बिका र उनका प्रेमी दुर्गा बिकलाई कर्तव्य ज्यान मुद्दामा अदालतमा म्याद थपेर अनुसन्धान अगाडी बढाएको प्रहरी निरीक्षक लिलाराज लामिछानेले बताउनुभयो । गएको वर्ष पनि पाङ्गकै छिमेकी गाउँ नाङ्गलिवाङ्गकी एक अविवाहित युवतीले शिशु जन्माएपछि हत्या गरेर बारीमा गाडेको अवस्थामा फेला परेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments