Incident Reports

निजामति सेवा दिवसकै दिन तीन कर्मचारी घुससहित पक्राउ

2017-09-07

Bagmati, Bhaktapur, Bhaktapur

RSS निजामति सेवा दिवसकै दिन तीन कर्मचारी घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुरको सल्लाघारीबाट बिहीबार विहान नापतौल विभागका तीन जना कर्मचारीलार्इ सेवाग्राहीसँग नगद पाँच लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो। ट्याक्सीको मिटर जडान गर्ने विषयमा नेपाल गुणस्तर तथा नापतौल विभाग, बालाजुका शाखा अधिकृत विकास धोजु, नायब सुब्बाद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्काले घुस मागेको सूचना पाएपछि अख्तियारको टोलीले त्यहाँ पुगेको थियो। उनीहरुलार्इ सल्लाघारीस्थित एक रेष्टुरेण्टबाट नियन्त्रणमा लिएको हो।

0 Comments

Related Reports
Related Trend Analysis