Incident Reports

Maoist Center leader injured in khukuri attack

2017-09-07

Bagmati, Dolakha, Kalinchok, Ward 1

CPN (Maoist Center) Dolakha district leader Ram Dhungel has been critically injured in a physical attack on him on Thursday. A person attacked the 33-year-old Dhungel with a khukuri, the traditional Nepali weapon at around 12 noon on Thuesday. Dhungel from Lamidanda of the district is the party's joint coordinator for Kalinchowk Rural Municipality in the district. He suffers from deep cuts in his head due to the attack. Khadka Bahadur Budhathoki alias Deuta, 40, had attacked Dhungel with the khukuri. Budhathoki is from Babare, Kalinchok Rural Municipality-2. Budhathoki suddenly attacked Dhungel from behind while the latter had reached Jhorung at Laduk of Bigu rural municipality in connection with some work. Budhathoki has been arrested and an investigation has been initiated in connection to the incident, the District Police Office, Dolakha said. Police suspect the attack might be motivated due to some past enmity. Critically injured Dhungel was first brought to Charikot, the district headquarters for treatment. He was then airlifted to Kathmandu for further treatment. RSS नेकपा (माओवादी केन्द्र) दोलखाका नेता राम ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् । कालिञ्चोक गाउँपालिकाका सह–संयोजक ३३ वर्षीय नेता ढुङ्गेल खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हुन् । खुकुरी प्रहारबाट ढुङ्गेलको टाउकामा गम्भीर चोट लागेको छ । कालिञ्चोक गाउँपालिका–३ लामिडाँडाका ढुङ्गेललाई बिहिबार मध्याह्न १२ बजेतिर कालिञ्चोक गाउँपालिका–२ बाबरेका अन्दाजी ४० वर्षीय देउता भनिने खड्कबहादुर बुढाथोकीले खुकुरी प्रहार गरी घाइते बनाएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिए । खुकुरी प्रहार गर्ने बुढाथोकीलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएकोे छ । बिगु गाउँपालिकाअन्तर्गत लादुकको झोरुङ भन्ने स्थानमा कामको सिलसिलामा पुगेका ढुङ्गेललाई बुढाथोकीले एक्कासि पछाडिबाट खुकुरी प्रहार गरेका थिए । ढुङ्गेललाई पुरानो रिसिवीका कारण खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बुढाथोकीलाई सिङ्गटीबाट नियन्त्रणमा लिइएको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएका ढुङ्गेललाई अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि सदरमुकाम चरिकोट ल्याइएको थियो । सदरमुकाम चरिकोटका अस्पतालमा उपचार हुन नसकेपछि उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंको नर्भिक अस्पतालमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Chitwan

0 Comments