Incident Reports

Three arrested on charge of abduction

2017-09-08

Gandaki, Syangja, Galyang

Police have arrested three people from Syangja district on charge of abduction on Saturday. 35-year-old Janurdan Miya from Butwal city-5 was abducted by Sundar Adhikari,24, Santosh Shrestha,27, and Mohanbindin Miya,40. The abductors took businessman Miya to the hospital after they injured him during the kidnapping. Injured Miya gave the letter to the doctor to call the police. The police team immediately reached the hospital and recused him and arrested the abductors. Police have recovered a car used for abduction. They also receive various equipment required for the abduction like gloves, khukuri and iron rod, and four different company mobile phones. They also found a video record in which Miya was physically assaulted and asked for 35 lakh. Police have started further processing to the case. ३५ लाख फिरौती रकमको माग गर्दै बुटवल उपमहानगरपालिका ५ बस्ने बर्ष ३८ का जनुरदिन मियाँलाई अपहरण गरी फिरौती माग्ने ३ जनालाई स्याङ्जाको गल्याङ प्रहरीले प्रक्राउ गरेको छ। उनीहरुलाई शनिबार साँझ गल्याङ अस्पतालबाट प्रहरीले पक्राउ गरेको सोमबार प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा कालीगण्डकी गाउँपालिका ६ निवासी २४ का सुन्दरप्रसाद अधिकारी, २७ का सन्तोष श्रेष्ठ र वडा नं. २ का ४० का मोहबिनदिन मियाँलाई प्रहरीले प्रक्राउगरी अनुसन्धान सुरु गरेको छ। पक्राउ पर्ने ३ जना वडा प्रहरी कार्यालय वालिङ्मा राखिएको छ। अपहरणकारीले चप्पल तथा जुत्ता ब्यापारी मियाँलाई अपहरणगरी, बन्दक बनाई कुटपिटगरि घाइते बनाएपछि गल्याङ अस्पतालमा उपचारको लागी लगेको थिए। घाइते अवस्थामा रहेका चिकित्सकलाई आफुलाई अपहरणपछि कुटपिट गरी घाइते वनाएको भन्दै प्रहरीलाई खवर गरीदिनका लागि लेखेर आग्रह गरेपछि अपहरणकारी पक्राउ परेका हुन।कुटपिटबाट गम्भिर घाइते भएका मियाँले अस्पतालमा लैजान आग्रह गर्दै फिरौती रकम दिन्छु भने पछिमात्र अपहरणकारीले उपचारका लागि अस्पताल लगेको मियाको भनाई छ। अस्पतालको सूचनाको आधारमा सही जनकराज रेग्मीको टोलीले गल्याङ अस्पतालबाट मियाँलाई अपहरण मुक्तगरेको प्रहरीले जनाएको छ। घाईते जनुरदिन र अपहरणकारी मोहबिनदिन कान्छाबुवा र ठुलाबुवाका छोराहरु दाजुभाई भएको बताईएको छ। प्रहरीले मियाको बा. ८ च. ३५६२ नं. को कार, कारभित्र अपहरणकारीको कालो झोलाभित्र ३ वटा खुकुरी, बायाँ हातमा लगाउने पन्चिङ सहितको रातो कालो पन्जा १ थान, कालो रङको फलामको पन्चिङ-१ थान, ड्रिल मेसिनको ड्रिप जस्तो देखिने फलामको ६ ईन्च लम्बाईको ड्रिप १ थान फेला परेको वडा प्रहरी कार्यालय वालिङ्का प्रमुख चिनकपुर गुरुङ्ले जानकारी दिए। त्यसैगरी, सामसुङ मोबाईल २ थान, हुवाई मोबाईल थान १, नोकिया कालो मोबाईल १ थान फेला पारी निज सुन्दर प्रसाद अधिकारी र सन्तोष श्रेष्ठको मोबाईल चेकजाँच गर्दा सुन्दरप्रसाद अधिकारीको मोबाईलमा निज जनुरदिन मियालाई अपहरण गरी बन्दक बनाई बाँधी कुटपिट गरी फिरौती माग गरेको भिडियो रेकर्ड फेला पारेको प्रहरीले जनाएको छ। अपरहणकारीले प्रयोग गरेका लु. १७ प. ९४३१ नं साईन, लु. २२ प. १४१२ नं. को पल्सर मोटर साईकलहरु समेत प्रहरी नियन्त्रणमा छ। पीडित पक्षले घट्ना सम्बन्धमा शरिर अपहरण, बन्दक तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेपछि पक्राउ परेका तिनै जनालाई अदालतबाट म्याद थपगरि थप अनुसन्धान शुरु गरेको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Total Abducted 1
National/Online Media , Local Newspaper - Kaski

0 Comments