Incident Reports

Boy Subjected to Torture in Police Custody

2013-06-16

Province 1, Udayapur, Katari

Udaypur/June 16 Policemen in Area Police Office Katari have inflicted physical and mental torture to Chandra Bahadur Rai, 15, of Triveni VDC-7. According to Rai, police tortured him in course of investigation regarding theft of 1 tola gold and 900 rupees at the house of a local Bishal Katawal. Police Post Tribeni Khoksa had summoned the boy through Bishal on June 10 for investigation. The boy, an eighth grader at the local Kalyanpur Secondary School, was handed over to Bishal by the principal Khilaraj Dahal after learning that the boy was sought by police. The victim was sent to the APO Katari on June 10 for further investigation after the boy denied the charge. He sustained bruises to his thigh, back and other body parts when beaten by pipe and kicked during the investigation at the APO. He was later released in the presence of his sister and Bishal on June 11. The victim received medical treatment at a nursing home in Mirchaiya, Siraha after neighbors collected 2,500 rupees for his treatment. DSP Kishan Singh Thapa of the APO Katari denied torturing the boy. The orphan boy was raised by Bishal since he was 3-years-old after his mother died in labor pain and his father suffered from psychological disorder. Kushal Babu Basnet उदयपुर । ०७० असार २ गते त्रिवेणी गाविस-७ का १५ वर्षीय बालक चन्द्रबहादुर राईलाई इलाका प्रहरी कार्यालय कटारीका प्रहरीले सोधपुछका क्रममा चरम शारीरिक र मानसिक यातना दिएको पीडित पक्षले दाबी गरेका छन् । बालकलाई संरक्षण दिदैं आएका सोही ठाउँका स्थानीय विशाल कटवालको घरमा एक तोला सुन र ९ सय रुपैयाँ नगद हराएपछि बालकले चारी गरेको आशंकामा प्रहरी चौकी त्रिवेणी खोक्साले जेठ २७ गते विशाल मार्फत प्रहरी चौकीमा झिकाएको थियो । स्थानीय कल्याणपुर मावि को कक्षा ८ मा अध्ययनरत बालकलाई प्रहरीले बोलाएको सूचना पाएपछि प्रधानाध्यापक खिलाराज दाहालले भरपाई गराई दास्रो घन्टीपछि बिशालको जिम्मा लगाएका थिए । बिशाल संगै प्रहरी चौकी पुगेका बालकले चारी अस्वीकार गरेपछि प्रहरीले थप अनुसन्धानका लागि २७ गते नै इलाका प्रहरी कार्यालय कटारी पठाएको थियो । इलाका प्रहरी कार्यालयमा राति सोधपुछका क्रममा बालकलाई थाममा बाँधेर बुट र पाइपले कुटपीट गरेका कारण बालकको पाता, तिघ्रा, र ढाडमा निलडाम लागेको प्रहरीले जनाएको छ । जेठ २८ गते बेलुका पीडित बालककी दिदी र बिशालकै जिम्मा लगाएर रिहा गरेको थियो । रिहा भएपछि छिमेकीहरूले सहयोग संकलन गरी रु २ हजार ५ सय रुपियाँ संकलन गरी सिरहा जिल्लाको मिचौयास्थित नसिंङ्ग होममा उपचार गराएका बालक अहिलेसम्म औषधी खाँदै छन् । उक्त विषयमा कटारी इलाका प्रहरी कार्यालयका डीएसपी किसनसिंह थापासँग सम्पर्क गर्दा बालकलाई सोधपुछका लागि राखेको स्वीकार गर्दै यातना दिएको भने अस्वीकार गरे । प्रसव पीडाका कारण आमाको मृत्यु भएपछि बुबाले पनि मानसिक सन्तुलन गुमाएका कारण चन्द्रबहादुरलाई स्थानीय बिशाल कटवालले ३ वर्षको उमेरदेखि आफ्नो संरक्षणमा घरमा राख्दै आएका थिए । कुशलबाबु बस्नेत

0 Comments