Incident Reports

Tension flares as firing goes in Rautahat

2017-09-18

Madhes, Rautahat, Maulapur

Tension has flared at Gamhariya polling center of Maulapur Municipality in the Rautahat district after cadres of political parties clashed with police over dispute that arose after the party representatives allegedly instructed voters on how to cast votes. Following the dispute police fired shots in the air to take the situation under control. The voting resumed shortly after the issue was settled in a meeting held with the party representatives. रौतहटको मौलापुर नगरपालिका ३ प्रावि गम्हरिया पतौरा मतदान केन्द्रमा नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताबीच झडप भएको छ। सोमबार विहान माओवादी केन्द्रले स्वयंसेवकको रुपमा मतदाता नामावलीमा नाम नभएको व्यक्तिलाई मतदान स्थलमा लगेको भन्दै संघीय समाजवादी फोरमले विरोध गरेपछि झडप भएको हो। झडपका क्रममा दुवै तर्फका गरी ४/५ जना घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर नै गरेको थियो। स्थिति नियन्त्रणमा लिएर मतदानको वातावरण बनाउन हवाई फायर गरिएको सशस्त्र प्रहरी बलका डीएसपी खड्गराज पन्तले जानकारी दिए। माओवादीले रुकुमका पवनकुमार बोहरालाई मतदान केन्द्रमा प्रवेश गराएको भन्दै संघीय समाजवादी फोरमका कार्यकर्ताले विरोध जनाएपछि झडप भएको हो। प्रावि गम्हरिया पतौरा मतदान केन्द्र ख मा झडप हुनुअघि जम्मा २ सय ३३ मत खसेको थियो। झडपपछि आधा घण्टा स्थगित भएको मतदान सुरु भइसकेको निर्वाचन अधिकृत रवीन्द्रप्रताप शाहले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 20
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 25
Actor 2 - Affiliation Madhes-based Parties
Actor 2 - Youth unknown
Total Injured 8
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments