Incident Reports

Mahakali river swept away more thn a dozen houses.

2013-06-17

Darchula: 17 June, a swollen Mahakali River swept away more than a dozen houses situated near the river bank in Khalanga; the DHQ and other houses and a suspension bridge connecting Nepal to India are also vulnerable. सुदरपश्चिमका पहाडी जिल्ला दार्चुला र बैतडीमा तीन दिनदेखिको अविरल वर्षाका कारण यसपटक वर्षायाम सुरु हुनु अगावै पहिलो पटक महाकालीमा भीषण बाढी आएको छ । महाकालीमा आएको बाढीले पहाडी जिल्ला दार्चुलादेखि तराईको कञ्चनपुरसम्म र डडेलधुराको भित्रि मधेस जोगबुढा क्षेत्रका नदी किनारको जनजीवन प्रभावित भएको छ । महाकालीको बाढी दार्चुला सदरमुकामको नदी किनारका बस्तीमा पसेर ५० बढी घर बगेको छ । सदरमुकाममै बाढी पसेपछि त्यहाँको जनजीवन अस्तब्यस्त भएको छ । आइतबार राति खलंगा- ५ बागाबगरको हाटबजारमा पहिलो पटक नदी पसेको हो । बागाबगड सुकुम्वासी बस्तीका १७ घरटहरा बाढीले बगाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis