Incident Reports

Elderly woman stoned to death in Arghakhachi

2017-09-20

Lumbini, Arghakhanchi, Chhatradev, Ward 7

An elderly woman has been killed by an unidentified group in Arghakhachi on Monday evening. The deceased has been identified as 77-year-old Shyamkala Pande of Chhatradev rural municipality-7. She was found brutally murdered at her own house on Monday evening. After looking at the body police have concluded that the elderly woman was stoned to death. The victim's earrings were found missing, while the victim's gold necklace was found snapped with part of it in her hand and other part on the floor. Police have sent the body to district hospital Sandhikharka for post-mortem and are further investigating on the incident. अर्घाखाँचीको छत्रदेव गाउँपालिका ७, साविकको भगवती ८ काउले, उपल्लोधारामा ७७ बर्षीया वृद्धाको हत्या भएको छ । ७७ बर्षकी श्यामकला पाण्डेको अज्ञात समुहबाट हत्या भएको प्रहरीले जनाएको छ । हिजो साँझ रक्ताम्य अवस्थामा उनकै घरमा शव भेटिएको छिमेकी राम प्रसाद पाण्डेले रातोपाटीलाई बताए । घटनाको प्रकृति हेर्दा सिलौटाले टाउकोमा प्रहार गरेर हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । उनले कानमा लगाएको सुनको रिङ (गहना) चोरिएको र घाँटीको सिक्री आधा उनको हातमा र आँधा भुइँमा भेटिएको छ । कसरी थाहा भयो ? -साँझ हुँदासम्म पनि उनको घरमा बत्ती बलेन । -स्थानीय गीता पाण्डेले घरमा बोलाउन जाँदा उनले घरभित्र शव देखिन् । -उनी आत्तिदै छिमेकमा खबर गरिन् । र, -स्थानीयले प्रहरीलाई खबर गरे । त्यस दिन के भएको थियो ? -जेठा छोरा कमल प्रसाद पाण्डे बिहान ७ बजे घरबाट निस्किए । बुटवलमा बस्दै आएका उनका जेठा छोरा ४ दिनअघि मात्र बाबुको श्राद्ध गर्न घर पुगेका थिए । -प्रहरीका अनुसार बिहान १० बजे छोरी राधिकासँग उनले फेनमा कुराकानी गरेको देखिएको छ । -त्यसैगरी, बिहान ११ बजे माइलो छोरा राम प्रसाद पाण्डेसँग उनको फोनमा कुराकानी भएको थियो । माइलो छोरा भैरहवामा व्यवसाय गरेर बसेका छन् । उनको कान्छा छोरा बाबुराम पाण्डे भने वैदेशिक रोजगारीको सिलसिलामा दुबइमा छन् । घटना थाहा पाएपछि उनी आजै नेपाल आउँदैछन् । जिल्ला प्रहरी कार्यालय सन्धिखर्कबाट आएको प्रहरीको टोली आज बिहान मात्र घटनास्थलमा पुगेको थियो । प्रहरीले शवलाई पोस्ट मार्टमको लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments