Incident Reports

Gangster suffers bullet injuries in police firing at Pepsicola

2017-09-22

Bagmati, Kathmandu, Kathmandu

Police on Friday said one member of the notorious gangster Chakre Milan had sustained bullet injuries in police firing at Pepsicola this evening. SSP Divesh Lohani said that the gangsters opened fire targeting police personnel at Pepsicola near Manahara river. In retaliation police opened the fire, Lohani added. Lohani informed that one of the gangsters was hit in legs during the police firing. Police, subsequently, under took the injured Rameshwor Gautam and admitted him to the Bir Hospital for treatment. Meanwhile, police said they are searching the absconding gangsters in the area. प्रहरीले काठमाडौंको पेप्सीकोलामा गोली हानेर रामेश्वर गौतमलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पेप्सीकोलामा चलाएको गोली लागेर गौतम घाइते भएका छन् । उनको वीर अस्पतालमा उपचार भइरहेको छ । महाशाखाका एसएसपी दिवेस लोहनीले पेप्सीकोलामा रहेको पुलनजिक आपराधिक गतिविधिमा सक्रिय समूह भेला भएको सूचनाका आधारमा महाशाखाको टोली खटिएको र प्रहरीको टोलीलाई ताकेर २ राउन्ड गोली चलाएपछि प्रहरीले पनि गोली चलाउँदा गौतम घाइते भएको दाबी गरे । गोली गौतमको दाहिने घुँडामुनि लागेको छ । प्रहरीका अनुसार गोली चलाउनेहरू भने उम्किएका छन् । गौतम काठमाडौं उपत्यकाको आपराधिक गतिविधिमा नयाँ नाम भए पनि एसएसपी लोहनीले उनी पछिल्लो समय सबैभन्दा धेरै सक्रिय रहेको दाबी गरे । लोहनीका अनुसार उनी चक्रपथ क्षेत्रमा संगठित आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पटकपटक पक्राउ पर्दै आएका चक्रे मिलन समूहका सक्रिय सदस्य हुन् । प्रहरीको रेकर्डमा उनी पटके अपराधी रहेको देखिएको र पटकपटक पक्राउ पर्दै छुट्दै आएको र भदौ महिनामा मात्र ४ वटा आपराधिक घटनामा उनको संलग्नता देखिएको लोहनीको दाबी छ । ‘गौतमले भदौमा मात्र ४ वटा आपराधिक घटना घटाएको सूचना प्रहरीसम्म आएको छ,’ लोहनीले भने, ‘उसको पृष्ठभूमि केलाउँदा पटके अपराधी रहेको खुलेको छ ।’ महाशाखाको इन्काउन्टर शृंखला पछिल्ला ४ वर्षयता अपराध महाशाखाको नेतृत्व परिर्वतन भएपिच्छे काठमाडौंमा गोली चल्ने गरेको छ । लोहनी अगाडिका तीनजना महाशाखा प्रमुखका कार्यकालमा तीनजना मारिए । एक महिनाअगाडि महाशाखामा आएका लोहनीको कार्यकालको प्रारम्भमा घाइते मात्र भए । चार वर्षअगाडि महाशाखाको टोलीको गोली लागेर काठमाडौंमा कहलिएका गुन्डा नाइके दिनेश अधिकारी चरी मारिएका थिए । प्रहरीको खोजीसूचीमा रहेका उनी लामो समय भारतमा लुकेर बसेका थिए । काठमाडौं आएको सूचनाका आधारमा प्रहरीले पछ्याउँदा उनी मारिएका थिए । अधिकारीको इन्काउन्टरताका पुष्कर कार्की महाशाखा प्रमुख थिए । कार्कीको सरुवापछि महाशाखा प्रमुखमा आएका सर्वेन्द्र खनालको कार्यकालमा अर्का गुण्डा नाइके कुमार श्रेष्ठ घैंटे मारिएका थिए । ५ महिना अगाडि महाशाखामा दिनेश अमात्य प्रमुख भएर आएका थिए । डेढ महिनाअगाडि ललितपुरको कुसुन्तीमा महाशाखाको टोलीले चलाएको गोली लागेर प्रवीण खत्रीको मृत्यु भएको थियो । चरी र घैंटे उपत्यकामा संगठित अपराधमा कहलिएका गुण्डा नाइके थिए । त्यसपछिका इन्काउन्टर र गोली लागेर घाइते भएकाको पृष्ठभूमि उनीहरुझैं संगठित देखिँदैन । डेढ महिनाअगाडि मारिएका खत्री लागूऔषधको कारोबारी रहेको प्रहरीको दाबी थियो । अनुसन्धानमा उनी सामान्य प्रयोगकर्ता रहेको खुल्यो । शुक्रबार गोली लागेका गौतम टोले गुण्डा हुन् । अपहरणको अभियोग पुष्टीपछि उनी ५ वर्ष जेल बसेर ६ वर्ष अगाडि रिहा भएपछि पनि पटक पटक पक्राउपर्दै आएका थिए । तयारी जवाफ ‘जवाफी फायरिङ’ प्रायः हरेक घटनामा प्रहरीले जवाफी फायरिङमा गोली चल्दा मृत्यु या घाइते भएको दाबी गर्ने गरेको छ । नुवाकोट हिँडेका चरी मारिएपछि महाशाखाले पक्राउ गर्न पछ्याएको टोलीलाई गोली हानेकाले जवाफमा गोली चलाउँदा उनी मारिएको दाबी गरेको थियो । आफ्नै घरअगाडि मारिएका घैंटेको केसमा समेत प्रहरीले यही दाबी गरेको थियो । खत्रीको केसमा घरबाट दुवै हातमा पेस्तोल लिएर प्रहरीतिर सोझ्याएर गोली चलाएकाले प्रहरीले जवाफी कारबाही गरेको दाबी गरिएको थियो । शुक्रबारको गौतमको घटनामा समेत एसएसपी लोहनीले जवाफी कारबाहीमा गोली लागेको दाबी गरे । लोहनीको दाबीअनुसार भेला पेप्सीकोला पुलनजिकै प्रहरी पुगेलगत्तै समूहमा रहेकाहरूले २ राउन्ड गोली चलाएपछि प्रहरीले गोली चलाएको हो । ‘उनीहरुले गोली चलाएपछि प्रहरीले सुरक्षाका लागि गोली चलाएको हो,’ उनले भने, ‘गोली चलाउनेहरू भने भागे, खोजी गरिरहेका छौं ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Weapons Small arms
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Criminal
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Police website

0 Comments