Incident Reports

Attack on the house of mayor candidate

2017-09-24

Madhes, Saptari, Mahadeva, Ward 3

Son of newly elected Ward Chairperson of Mahadev Rural Municipality, ward 4, has attacked the house of ward chairperson candidate on Sunday evening. Ram Sagar Sah, son of Ward Chairperson from Nepali Congress attacked the house of Mahendra Narayan Sah, a mayoral candidate from CPN-Maoist. Ram Sagar Sah along with a group of 5 people went into the house of Mahedra Narayan Sah, beat his son Raj Narayan Sah and mother Maheshowri Devi. Raj Narayan Sah has some injuries in his head and hand. The group looted 6 lakhs rupees cash along with 5 tola gold and 20 tola silver. सप्तरी जिल्लाको महदेवा गाउँपालिका वडा नम्बर ४ का नवनिर्वाचित वडाध्यक्षले आफ्नै प्रतिद्धन्दीको घरमा आइतबार साँझ आक्रमण गरेका छन् । उक्त वडाको अध्यक्षमा निर्वाचित कांग्रेसका युगेश्वर साहका छोरा रामसागर साहसहितको समूहले प्रतिद्धन्दी माओवादी केन्द्रका उम्मेदवार महेन्द्रनारायण साहको घरमा आक्रमण गरेको प्रहरीले जनाएको छ । रामसागर र बुधराम साहसहित पाँचजनाको टोली आईतबार साँझ पराजित उम्मेदवार महेन्द्रको घरमा पुगी गाली गर्दे उनका छोरा राजनारायण साहमाथि आक्रमण गरेका थिए । ईटा र भाटा लिएर आएका पाँचैजनाले जथाभावी कुटपिट गरेको घाइते राजनारायणले कान्तिपुरलाई बताए । उनको टाउको र हातमा चोट लागेको छ । उक्त समूहले राजनारायणकी बृद्ध आमा महेश्वरी देवीलाई समेत कुटपिट गरेका छन् । पीडित राजनारायणका अनुसार उक्त समूहले घरमा रहेको नगद साढे ६ लाख रुपैयाँ, पाँचतोला सुन र २० तोला चादीसमेत लुटेर लगेका छन् । राजनारायणका घरमा टेवलका लकरहरु तोडिएको छ । घरभरी केही पैसा छरपस्ट देखिएको छ । ‘चुनाव हारेपछि हामी घरमा परिवारका सदस्य छलफल गर्दे थियौ, वडाध्यक्ष जितेका युगेश्वरका छोरासहित ३ वटा मोटरसाइकलमा आएका पाँचजनाले अन्धाधुन्ध ईटा बर्साउँदै बाँसको भाटाले आक्रमण गरे’, राजनारायणले भने । आक्रमण गर्ने समूह भाग्न थालेपछि छर छिमेककाले लखेट्दा उनीहरुको स ७ प १०५६ नम्बरको मोटरसाइकल त्यही छोडेर भागेका थिए । सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले घटनाको पुष्टी गरे । उनले आक्रमणमा सल्गन भएको आरोप लागेका मध्इे एक जनालाई पक्राउ गरिएको जानकारी दिए । अन्य बाकी आरोपीलाई पक्राउ गर्न प्रहरी परिचालित गरिएको सिंहले जनाए । यस्तै उक्त समुहले छोडेर भागेको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते राजनारायणले जितको उन्मादमा आफ र आफनो परिवारमाथी आक्रमण गर्ने र लुटपाट गर्नेमा संल्गनलाई कडाकारवाहीको माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha

0 Comments