Incident Reports

Journo misbehaved by Chief Election Officer

2017-09-24

Madhes, Saptari, Bode Barsain, Ward 3

Bidhya Nanda Ram, 24, of Badebsain Municipality-3 , a representative of Janta Telivision and C.F.M of said that he was misbehaved by the chief election officer Sharada Prasad Koirala while collecting news on September 24. Journo Ram said that he went to collect the news on postponed vote counting process of Rajbiraj Municipality where he was misbehaved by the election officer Koirala and even vandalized his camera. Meanwhile, FNJ has released a press statement and said that its serious attention has been drawn regarding the incident. The statement has demanded the concerned body to investigate the incident and take action against the guilt. जनता टेलिभिजन एवम् राजविराजस्थित सी.एफ.एम. का सप्तरी सम्वाददाताका रूपमा कार्यरत बादेबर्साइन नपा-३ का २४ वर्षीय विद्यानन्द रामलाई समाचार सङ्कलनको क्रममा असोज ८ गते सप्तरीका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । राजविराजस्थित जिल्ला अदालत परिसरमा रहेको सूचना कक्षमा राजविराज नगरपालिकाको असोज ७ गते बिहानदेखि रोकिएको मतगणना सुचारू गराउने विषयमा आयोजित सर्वपक्षीय छलफलको समाचार सङ्कलनमा रहेका पीडित पत्रकार रामलाई मुख्य निर्वाचन अधिकृत कोइरालाले दुर्व्यवहार गरी क्यामेरा समेत तोडफोड गरेको पत्रकार रामले बताए । मुख्य निर्वाचन अधिकृत कोइरालाले ‘निर्वाचनसम्बन्धी काम कारबाहीमा पत्रकारलाई प्रवेश निषेध छ । किन छिरेको -‘ भनेर क्यामेरा खोसी फाल्दै दुर्व्यवहार गरेको पत्रकार रामले बताए । मुख्य निर्वाचन अधिकृत कोइरालासँग सम्पर्क गर्दा उनले पत्रकारहरूसँग नभेट्ने प्रतिक्रिया दिए । यसैबिच नेपाल पत्रकार महासङ्घले असोज ८ गते एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार राममाथि भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र पत्रकारलाई सहज समाचार सङ्कलनको वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गरिएको छ । त्यसैगरि नागरिकलाई सुसूचित गराउने जिम्मेवारी बहन गरिरहेका पत्रकारलाई समाचार सङ्कलन गर्ने कार्यमा रोक लगाई दुर्व्यवहार गरिनु प्रेस स्वतन्त्रता विरोधी काम भएको भन्दै महासंङ्घ सप्तरीले समेत घटनाको भर्त्सना गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth youth
INSEC

0 Comments