Incident Reports

Clash between smuggler and security personnel

2017-09-24

There has been a clash between cloth smugglers and security personnel near Nawalaparsi-India border point on Sunday. Seven people including police officers have been injured in the clash. Cloth smugglers along with local people went to attack the security personnel after which security personnel had to escape that place. नवलपरासीको सीमावर्ती नाका महेशपुरमा कपडा तस्कर र सुरक्षाकर्मीबीच आईतबार बिहान झडप भएको छ । सीमा नाकामा रहेको भारतीय बजार ठूठीबारीबाट भन्सार छलेर कपडा ल्याउँदै गरेको सुराकी पाएर पुगेको राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रिय कार्यालय बुटवलको टोलीले कपडा पक्राउ गर्ने क्रममा तस्कर र सुरक्षाकर्मीबीच झडप भएको हो । टोलीमा सुरक्षार्कीसहित सात जना कर्मचारी थिए । उक्त टोली माथि तस्करहरुले स्थानीयलाई प्रयोग गरेर जाई लागेपछि कर्मचारी र सुरक्षाकर्मीहरु भागेका थिए । सो क्रममा पीक अप भेनमा रहेका गाँठ (कपडाका ठूला पोका )लाई तस्करहरुले धानबारीमा लुकाएका थिए । सशस्त्र र प्रहरीको थप सुरक्षा बल पुगेपछि धानबारीमा लुकाएर राखेका तीन वटा गाँठलाई बरामद गरिएको राजश्व अनुसन्धान कार्यालयका सशस्त्र नायब उपरीक्षक विकास अर्यालले बताए । करिब ५ भन्दा बढी कपडाका गाँठहरु रहेपनि केही गाँठ भने तस्करहरुले लुकाएको स्थानीयले बताएका छन् । कपडा बरामद गरिए पनि तस्करी कार्यमा प्रयोग भएको पिक अप भ्यान भने पक्राउ गर्न सकेको छैन । बरामद भएको कपडा करिब तीन लाख बढीको भएको अनुमान छ । सीमा क्षेत्रमा रहेका प्रहरीहरुको मिलमतोमा महेशपुर नाकाबाट दिनहुँजसो कपडा, मोटरपार्टस र कुखुराका चल्लाहरु तस्करी हुने गरेको आरोप आईरहेका बेला राजश्व गस्ती टोली उक्त सामान बरामद गरेको हो । बरामद गर्ने क्रममा आएका तस्कर र उनीहरुले प्रयोग गरेका केही स्थानीयले सशस्त्र र प्रहरीलाई लाईन खुवाएर (मासिक रुपमा रकम बुझाउने) काम गरेको भन्दै बुटवलबाट आएको टोली माथि आक्रोशित बनेका थिए । सुरक्षाकर्मीसँग झडप भएकोबारे अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक अर्यालले केही बेर तस्करहरुसँग ठेलाठेल भएको बताए । सीमा नाकामा रहेका प्रहरीहरुको मिलमतोमा तस्करी भएको आलोचना बढेपछि बुटवलको टोलीले प्रहरीले नै तस्कर भगाउन सक्ने भन्दै अकस्मात उक्त स्थानमा पुगेर कपडा बरामद गरेको थियो । जिल्ला प्रहरी उपरीक्षक मुकुन्दराज आचार्य र शसस्त्र प्रहरी उपरीक्षक विरेन्द्रराज श्रेष्ठले राजश्वको टोलीले आफूहरुसँग समन्वय नगरी गएकाले झडपको स्थिति सृजना भएको बताए । समन्वय भएको भए तस्करहरु समेत पक्राउ पर्ने उनीहरुको दाबी छ । झडप भएको स्थान नेपाल प्रहरी, छोटी भन्न्सार कार्यालय तथा सशस्त्रको अस्थायी पोष्ट तीन सय मिटरको दुरीमा छ । कपडामा प्रयोग भएको सवारीसाधन प्रहरीले नै भगाएको भन्दै भ्यानसँगै तस्करहरु पक्राउ गर्न सके उक्त नाकाबाट चोरी कार्यमा कमि आउने स्थानीयले विश्वास लिएका छन् । दशैं नजिकिएसँगै महेशपुर, भूजहवा, गुठिप्रसौनी, त्रिवेणी, झोलनीपुरलगायतका नाकाबाट कपडालगाएतका सामानको तस्करी बढेको छ । तस्करहरुले त्यस क्षेत्रमा गोदाम बनाएर राख्ने गरेका छन् । जुन गोदाममा दिनभर भारतबाट सामान ल्याएर राख्ने र प्रहरीको मिलमतोमा दिउँसै तस्करी गर्ने गरेको स्थानीयले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 7
National/Online Media

0 Comments