Incident Reports

Police suspect murder of youth | मृत भेटिएका शिशिरको हत्या गरिएको आशंका, एक पक्राउ |

2017-10-02

Bagmati, Chitawan, Bharatpur, Ward 14

Police investigation has shown that youth found dead by the side of the road in Bharatpur-14, Sundarbasti was murdered. According to DSP Dipak Thapa, 34-year-old Khem Bahadur Gurung, a hotel operator in Bharatpur-22, was arrested in accusation of murder of 20-year-old Sishir Nepali. Nepali, who had gone missing since the evening of October 2, was found dead the next day by the roadside near his house. DSP Thapa shared that investigation has showed that Gurung murdered Nepali after the later kept shouting under the influence of alcohol. भरतपुर महानगरपालिका–१४ सुन्दरबस्तीस्थित सडक छेउमा मृत भेटिएका शिशिर नेपालीको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कत्र्तव्य गरी हत्या गरेको आरोपमा भरतपुर–२२ बस्ने स्थानीय होटल सञ्चालक ३४ वर्षका खेमबहादुर गुरुङलाई पक्राउ गरिएको छ । नेपालीका परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा उनीविरुद्ध लिखित उजुरीसमेत दिएका छन् । उनलाई कत्र्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । यही असोज १६ गते साँझ घरबाट हराएका रामबहादुर नेपालीका २० वर्षीय छोरा शिशिर नेपालीलाई असोज १७ गते घर नजिकैको सडक छेउमा मृत अवस्थामा फेला पारिएको थियो । मादक पदार्थ सेवन गरेर पटकपटक होहल्ला गरेपछि होटल सञ्चालकले कत्र्तव्य गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक थापाले बताए । प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै थापाले पटकपटक उनलाई गुरुङले सडकमा घिसारेको बताए । प्रहरी हिरासतमा रहेका गुरुङले भने अन्तै मदिरा खाई होटलमा होहल्ला गरेपछि घिसारेर बाहिर पठाएको स्वीकारेको प्रहरीले जनाएको छ । सडक छेउमा मृत भेटिएका उनको टाउको र कन्चटमा चोटसमेत देखिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments