Incident Reports

NC candidate destroys ballot paper

2017-10-08

Madhes, Dhanusha, Nagarain

A Nepali Congress (NC) candidate allegedly destroyed a ballot paper during vote count of the municipal executive committee election of Nagarain Municipality, Dhanusha, on Sunday. NC candidate from minority group Surya Narayan Sah chewed and destroyed one of the ballot papers that was declared “invalid” by an election officer, said police. Sah was detained following the incident. Superintendent of Police Chakra Bahadur Singh said that Sah destroyed the ballot paper just as the election result was about to be announced. The CPN-UML claimed that the destroyed ballot was “not invalid” and it was in favour of UML candidate Arun Lal Karna. Sah is said to have chewed the ballot paper at a time when the UML demanded the authorities reconfirm validity of the ballots. Election officer Danikanta Jha declared Sah victorious. Jha declined repeated requests from the Post for comment. Meanwhile, UML candidate Karna lodged a written complaint with the poll authority, demanding a repoll. नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको गृहनगर नगराईन नगरपालिकाको नगरसभा निर्वाचनमा उम्मेदवारले मतपत्र चपाएपछि विवाद भएको छ। नगरसभा सदस्यमा तीनवटा दलित वा अल्पसंख्यक सदस्यको छनौटका लागि आइतबार भएको निर्वाचनको मतगणना भइरहेका बेला कांग्रेसका उम्मेदवारले मतपत्र नै चपाएपछि तनाव उत्पन्न भएको हो । 200x200 कांग्रेसका उम्मेदवार सूर्यनारायण साहले एमालेका उम्मेदवार अरुणकुमार लालकर्णको मतपत्र हातमा लिएर खाएका हुन्। मतगणनाको क्रम अन्तिम चरणमा रहँदा एमाले उम्मेदवारहरुले मतगणनाको क्रममा निर्वाचन अधिकृतले धाँधली गरेको आरोप लगाएपछि साहले मतपत्र मुखमा हालेका थिए। उनले मतपत्र खान खोजेपछि निर्वाचन गराउन खटिएका कर्मचारीहरुले जेनतेन उनको मुखबाट आधा चपाईसकेको मतपत्र निकालेका थिए। त्यसपपछि दुईपक्षबीच विवाद भएको थियो। निर्वाचन अधिकृत दानिकान्त झाले तत्कालका लागि मतगणना रोकेका हुन्। एमालेका तर्फबाट उम्मेदवारहरु अरुणकुमार लाल कर्ण, सुरज पण्डित र कञ्चन मण्डलले जित्न लागेको थाहा पाएपछि कांग्रेसका उम्मेदवारले मतपत्र खाएको एमालेका नेताहरुले आरोप लगाएका छन्। यता, मतपत्र खाने कांग्रेसी उम्मेदवारलाई प्रहरीले नियन्त्रणमा लिईसकेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी गराएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Program Interference/Obstruction
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Election-related cause primary
National/Online Media

0 Comments