Incident Reports

Teacher Thrashes Girl Student

2013-06-18

Saptari/June 18 A seventh grader at the Budheshwori Lower Secondary School Harirawa in Raypur VDC-4 has lost consciousness due to the beating by her teacher on June 18. Pinky Yadab, 13, of Raypur VDC-7 sustained bruises to her head, cheek and back after teacher Dev Narayan Sah thrashed her with lathi 7-8 times for on charge of having a "bad hand-writing". Pinky was immediately taken to Sagarmatha Zonal Hospital in Rajbiraj Municipality-3 for treatment. Father of the girl Bachhalal Yadab was also slapped by the principal of the school Kapil Dev Yadab when he reached the school after learning about the incident. Bachhalal said that he was slapped when he demanded action against the teacher. Thought Principal Kapil Dev admitted that the girl was beaten, he refused to comment on the accused teacher. The District Education Officer Rudra Hari Bhandari expressed ignorance on the incident. He said that action would be taken after investigation if a complaint was filed. Manohar Kumar Pokharel सप्तरी । ०७० असार ४ गते रायपुर गाविस-७ निवासी नकटी रायपुर गाविस-४ स्थित बुधेश्वरी निमावि हरिरावामा कक्षा-७ मा अध्ययनरत १३ वर्षीया बालिका पिङ्की यादव असार ४ गते रायपुर गाविस-७ का शिक्षक देवनारायण साहले कुटपिट गर्दा बेहोस भएकी छन् । पिङ्कीको टाउको, गाला र पिठ्युँमा नीलडाम देखिएपछि तत्कालै उपचार्रार्थ राजविराज नपा-३ स्थित सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको छ । अङ्ग्रेजी विषयका शिक्षक साहले अक्षर नराम्रो भएको भन्दै लाठीले ७/८ पटक टाउको, गाला, ढाडमा हानेको पीडितले बताइन् । पीडितकी बहिनीले शिक्षकको कुटाइबाट दिदी बेहोस भएको भन्दै घरमा खबर गरेपछि विद्यालय पुगेका पिङ्कीका बुबा बच्चालाल यादवलाई प्रधानाध्यापक कपिलदेव यादवले दुई झापड हिर्काएका थिए । कुटपिट गर्ने शिक्षक साहलाई कारबाही गर्न माग गर्दा प्रधानाध्यापक यादवले आफूलाई कुटपिट गरेको बच्चालालले बताए । बालिकामाथि कुटपिट भएको प्रधानाध्यापक यादव स्वीकार गरेका छन् । उनले आरोपित शिक्षकका बारेमा प्रतिक्रिया दिन चाहेनन् । जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीले घटनाबारे आफूलाई जानकारी नभएको बताए । उजुरी आए छानविन पश्चात दोषी देखिए कारबाही गरिने उनको भनाइ छ । मनोहरकुमार पोखरेल

0 Comments