Incident Reports

Man Arrested for Trafficking Girl

2013-06-19

Ilam/June 19 Police have arrested Chhatra Bahadur BK, 40, Barbote VDC-4 on June 19 on charge of selling a 15-year-old girl in New Delhi, India. The Family of the girl had filed a complaint at the police office accusing BK of selling the girl in New Delhi on November 11, 2012 and sexually abusing her. Kokila Dhakal इलाम । ०७० असार ५ गते एक बालिकालाई भारतको नयाँ दिल्ली लगेर बिक्री गरी यौनशोषण गरेको आरोपमा प्रहरीले बरबोटे गाविस-४ का ४० वर्षीय छत्रबहादुर विकलाई प्रहरीले असार ५ गते गिरफ्तार गरेको छ । १५ वर्षीया बालिकालाई २०६९ कार्तिक २६ गते इलामबाट नयाँदिल्ली लगी बिक्री र यौनशोषण गरेको भन्दै असार ५ गते बालिकाको परिवारले प्रहरीमा जाहेरी दर्ता गरेका थिए । यसैगरी, एक बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले धुसेनी-७ का मकुम भनिने १७ वर्षा एक बालकलाई २०७० असार ४ गते गिरफ्तार गरेको छ । पीडितका परिवारले जाहेरी दर्ता गरेकै दिन २०७० असार ५ गते लिम्बूलाई म्याद थप गरी उनीमाथि अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । कोकिला ढकाल

0 Comments