Incident Reports

One Injured in JTTM Shooting

2013-06-19

Madhes, Mahottari, Manra Siswa

Mahottari/ June 19 Abhaya Kumar Singh, 36, of Manara VDC-6 has been shot and injured by the cadres of Rajan Mukti-led Janatantrik Tarai Mukti Morcha on June 19 on charge of defying the bandh called by them. JTMM cadres, who came in a motorbike from the opposite direction, opened fire at him while he was returning home in a bike from Janakpur, according to the District Police Office Mahottari. The victim sustained a bullet injury to his leg and is getting treatment at Jaleshor Hospital, said police. District commander Abhaya Mukti of the JTMM has taken responsibility of the incident. Talking to media persons, Abhaya Mukti said that Singh was shot for defying the Dhanusha-Mahottari bandh called by them. The 2-day bandh was called on by the group targeting the former king Gyanendra’s visit to Janakpur and Mahottari. The police have been deployed in the area to search for the accused, SP Pawan Kharel said. Ishwori Kale महोत्तरी । ०७० असार ५ गते मनरा गाविस- ६ का ३६ वर्षीय अभयकुमार सिंहलाई बन्दको अवज्ञा गरेको भन्दै जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजनमुक्ति) समूहका कार्यकर्ताले असार ५ गते गोली हानी घाइते बनाएका छन् । जनकपुरबाट मोटरसाइकलमा घर आइरहेका सिंहलाई घर पुग्नै लाग्दा विपरीत दिशा तर्फबाट मोटरसाइकलमा आएका दुईजनाको समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । तिग्रमा गोली लागी घाइते भएका सिंहको जलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजनमुक्ति) समूहका जिल्ला कमाण्डर अभयमुक्तिले लिएका छन् । सञ्चारकर्मीलाई फोन गरी घटनाको जिम्मेवारी लिँदै अभयले आफ्नो पार्टी आव्हान गरेको धनुषा-महोत्तरी बन्दको अवज्ञा गरेकाले कारवाही स्वरूप गोली हानिएको बताए । पूर्वराजा ज्ञानेन्द्र शाहको असार ५ गते धनुषाको जनकपुर र असार ६ गते महोत्तरीको जलेश्वर र मटिहानी भ्रमणको कार्यक्रमलाई लक्षित गर्दै सो समूहले दुई दिने धनुषा र महोत्तरी बन्द आह्वान गरेको थियो । घटनापछि सो क्षेत्रमा एसपी पवन खरेल स्वयम्को नेतृत्वमा प्रहरी परिचालन भएको र घटनामा संलग्नको खोजबिन कार्यलाई ब्यापक बनाइएको एसपी खरेलले बताए । इश्वरी काफ्ले

0 Comments

Related Reports
Related Trend Analysis