Incident Reports

Manange threatens to chop off fingers of the relatives who do not vote

2017-10-18

Leader of CPN-UML Deepak Manange has started threatening the locals of Manang. He has been indulged in assault, loot and kidnapping. UML have recommended Manange for directly elected candidate. Immediately after his candidacy, Manange started his terror among the locals. It has also been revealed that he assaulted and looted 10 lakh from the locals. He has threatened the laborers to cut their hands if they do not vote for him in the upcoming elections. Locals have complained that despite the tension surrounding this case, local administration has left no stone un turned in making Manange happy. Locals have commenced preparation to demonstrate against the local administration against their ill behavior. After his notorious acts in different cities, he has started his showing his ill behavior in his home town Manang. In the report filed by the locals, it is mentioned that Lopsang Funje Lama, Dharje Lama, Talekhuka Karma, Lhakpa Lama, Ganesh Ghale and Kotoka Tasi Lama have assisted Manange. Police is currently investigating about the case. नेकपा एमालेका ' नेता ' दिपक मनाङगेले मनाङका स्थानियलाई त्रासमा राख्दै धम्क्याउन थालेका छन्। उनले स्थानियलाई त्रासमा राख्दै कुटपिट, लुटपाट र अपहरणमा संलग्न भएका छन्। एमालेले दिपकलाई प्रदेशतर्फ मनाङ ख को प्रत्यक्षतर्फ उम्मेद्वार सिफारिस गरेको छ। पार्टीले सिफारिस गरेर चुनावी प्रचारमा आए लगत्तै दिपक मनाङगेले जिल्लामा त्रासको वातावरण बनाउन थालेका छन्। एमाले नेता मनाङगेको समुहले मनाङको नारफूमा स्थानीयलाई चुट्ने र १० लाख रकम लुटेको घटना सार्वजनिक भए लगत्तै विभिन्न ठाउँका स्थानियलाई हात काटिदिने सम्मको धम्की दिएको जानकारी प्राप्त भएको छ। मनाङगेले माथिल्लो मनाङमा मजदुरी गर्दै आएका गोरखालीहरुलाई चुनावमा आफुलाई भोट नहाले हात काटीदिने धम्की दिएका छन्। उनले मत नदिने आफन्तहरुलाई छुट गरेर औंला मात्र काटिदिने र मत नदिने आफन्त नपर्नेहरुलाई हात छिनाउने धम्की दिएका छन्। मनाङगेले अपहरण गर्ने हात काटिदिने कुटपिट गर्न थालेपछि स्थानियहरु आतंकित भएका छन्। स्थानिय प्रसासन भने उनको खातिरदारीमा लागेको गुनासो स्थानिय पिडितहरु बताउँछन्। नेपाली काँग्रेसले मनाङगमा गुण्डाराज मौलाउन थालेपछि प्रसासनलाई दवाव दिन प्रदर्शनको तयारी समेत गरेको छ। घटनाको बारेमा स्थानिय नेताहरुले काठमाडौंमा गृह प्रसासनलाई जानकारी गराएका छन्। तर प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले गम्भिरता नदेखाउँदा समस्या सिर्जना भएको पिडितहरुको गुनासो छ। एमाले नेता मनाङगेको समुहले मनाङको नारफूमा चुट्यो स्थानीय, लुट्यो १० लाख ठूला शहरहरुमा ठगी तथा लुटपाट मच्चाउँदै हिँड्ने गुण्डा नाइके दीपक मनाङगेले आफ्नै गृह जिल्ला मनाङमा पनि लुटपाट र गुण्डागर्दी शुरु गरेका छन्। मनाङगे एमालेको चुनाव प्रचार गर्न नार्फु गाउँपालिका पुगेका बेला स्थानीय होटल ब्यवसायीसँग रकम लुटेका हुन्। नार्फु गाउँमा होटल बनाउनको लागि काठमाडौंबाट ऋण धन गरेर गाउँ जाँदै गरेका २ जना युवाको साथमा रहेको १० लाख रुपैयाँ मनाङगे र नेकपा एमाले मनाङका अध्यक्ष पोल्देन छोपाङ गुरुङको निर्देशनमा लुटेको पिडितहरुले बताएका छन्। पिडित युवाहरु कर्मा ओङ्दी लामा र टसी छिरिङ लामाले आफुहरु सुतिरहेको ठाउँबाट आफुहरुको रकम लुटेको गुनासो गरेका छन्। “मेतास्थित घ्याङ्जीको घरमा सुतिरहेका बेला पाँचजना युवाहरु आएर झोलामा भएको रकम दिन भने।” पिडितहरु भन्छन्, “पैसा लिन आएका पाँचजना युवाहरुले हामीलाई डन दीपक मनाङगे र एमाले अध्यक्ष पोल्देन छोपाङले पठाएका हुन् भनेपछि हामीले आफ्नो रकम नदिने भन्यौं।” पिडित युवाहरुको अनुसार आफुलाई मार्ने धम्की दिएपछि रकम दिएका हौं। ५–५ लाखको दरले दुईवटा झोलामा रहेको १० लाख झिक्दै गर्दा पिडित टसी छिरिङ डरले भागेको र अर्को पिडित कर्मा ओङ्दी लामालाई अपहरण गरी लगेको उनिहरुले जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदनमा उल्लेख छ। पिडितहरुले प्रहरीमा दर्ता गराएको निवदेनमा राजिव गुरुङ भन्ने दिपक मनाङगे र पोल्देन छोपाङले रकम लुटेनको लागि नारका स्थानीयहरु लोप्साङ फून्जो लामा, धार्जे लामा, तलेखुका कर्मा लाक्पा लामा, थान्चोकका गणेश घले र कोतोका टसी लामा प्रयोग गरेका छन्। पिडित युवाहरुले आफुहरुले नार्फुमा होटल बनाएर ब्यापार गर्नको लागि रकम लिएर गाउँ गएका बेला बाटोमा धम्की दिएर रकम लुटिएकोले रकम पाउँ भन्दै प्रहरीमा निवेदन दिएका छन्। पिडित टसी छिरिङ भागेपछि यस्ले प्रहरीमा खबर गर्छ र आफुहरुलाई असजिलो पर्ने भन्दै मनाङगे र पोल्देनले कांग्रेसले नार्फु मा रकम बाँड्न लगेको भन्दै उक्त रकम जिल्ला प्रहरी कार्यालय चामेमा बुझाएका छन्। तर प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएको छ। उता, दिपक मनाङगेले माथिल्लो मनाङमा मजदुरी गर्दै आएका गोरखालीहरुलाई चुनावमा आफुलाई भोट नहाले हात काटीदिने धम्की दिएका छन्। एमाले मनाङले दीपकलाई प्रदेशतर्फ मनाङ ख को प्रत्यक्षतर्फ उम्मेद्वार सिफारिस गरेको छ। मनाङगेले दिएको धम्कीको बिषयमा भने मनाङ प्रशासन भने बेखबर बनेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments