Incident Reports

Body of missing child found

2017-10-19

Madhes, Siraha, Karjanha, Ward 2

Dead body of missing child Bhabesh Yadav, 13 of karjanha Municipality-2 has been recovered on October 22. The boy went to a river to have a bath on October 19 and he was missing since then. His body was found by the locals according to Inspector Rajendra Kumar Upadhyaya of Area Police Office Gol Bazar. Police said that a be-headed body was found and was identified based on a clothes that he was wearing. The reason behind the killing is not known yet and investigation is going on according to police. The postmortem of the body was conducted at BPKHIS health institute in Dharan. तीन दिन देखि बेपत्ता कर्जन्हा नपा-२ का १३ वर्षीय बालक भवेस यादवको हत्या गरिएको अवस्थामा कात्तिक ५ गते शव फेला परेको छ । कात्तिक ३ गते कमला खोलामा नुहाउन गएका बालकको घाँटी काटिएको अवस्थामा आज दउँसो ४ बजेतिर भैँसी चराउन जानेहरूले शव देखेपछि प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजेन्द्रकुमार उपाध्यायले बताए । बालकको घाँटी काटिएको र शरीरमात्रै फेला परेको भएपनि लगाएको कपडाको आधारमा मृतकका बावु कुसुमलाल यादवले सनाखत गरेको इन्स्पेक्टर उपाध्यायले बताए । बालकको टाउकोको खोजतलास गरिरहेको तथा हत्या कसले र किन गरेको भन्ने विषयमा अनुसन्धान गरी हत्यारालाई चाँडै गिरफ्तार गर्ने इन्स्पेक्टर उपाध्यायले बताए । शवको पोष्टमार्टमको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको पनि उनले जानकारी दिए । Update....................................... सिरहाको कर्जन्हा–२ की १६ वर्षिया प्रियंका यादवले यौनकाण्ड लुकाउन भाइको हत्या गरेकी छिन् । यादवले साथीसँग मिलेर आफ्नै ठूलोबुवाको छोराको हत्या गरेकी हुन् । १४ वर्षिय सञ्जय साहसँगको यौन सम्बन्ध खुल्ने डरले प्रियंकाले साहसँग मिलेर ठूलोबुवा कुसुमलाल यादवको १३ वर्षिय छोरा भवेश यादवको कात्तिक ३ गते हत्या गरेको प्रहरीले जनाएको छ । हत्या घटनामा संलग्न उनीहरु दुवैलाई प्रहरीेले पक्राउ गरेर छानबिन सुरु गरेको छ । भैसी चराउन गएको वेलामा प्रियंका र सञ्जयलाई आपत्ति जनक अवस्थामा देखेका भवेशले काका र आफन्तलाई सुनाइदिने भनेपछि उनीहरु दुबै मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको आइतबार पत्रकार सम्मलेन गरी इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ । गत कात्तिक ३ गतेदेखि घरबाट हराएका भवेशको शव घर ननिकैको सिशमको जंगलमा वनमारा घारीमा कुहिएको अवस्थामा ५ गते बेलुका फेला परेको थियो । प्रियंकाले नै साथीहरुसँग भैसी चराउन गएको बेला शव देखेको र शव नजिकै भाइ भवेशको हातमा लाउने बाला र चप्पल देखेपछि भवेशकै शव भएको भन्दै घरमा खबर गरेका थिए । प्रियंका र सञ्जयले आफूहरुको यौन काण्ड सार्वजपनक नगर्न अनुरोध गर्दा उनले अभिभावकलाई सुनाउने भनेपछि आफूहरुले हत्या गर्ने योजना बनाएको कुरा प्रहरीलाई बताएको प्रहरीले जनाएको छ । योजना अनुरुप नै भवेशसँग समेत अतिमिल्ने र ४ कक्षामा एउटै विद्यालयमा पढ्ने साथी सञ्जयले हामीले पटाका र एउटा मोबाइल भेटेका छौं तिमीलाई पनि दिन्छौं, भन्दै घर नजिकैको वनमा लगेर हत्या गरेको सञ्जयले प्रहरीलाई बयान दिएका छन् । प्रियंका र सञ्जयले पटाका खाल्डो खनेर लुकाएका छौं, यही छ भनि भवेशलाई खन्न लगाएर उनको गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । लाश नचिनियोस् भनेर आफूहरुले जिउ र टाउको छुट्याएर फालेको उनीहरुले सुनाएको प्रहरीले जानकारी दिएको छ । कसरी भयो अनुसन्धान ? घरबाट सञ्जय र भवेशसँगै निस्किएको र सञ्जयले भवेशलाई आफूले नचिनेको युवकसँग कुराकानी गर्न थालेपछि मलाई घर जाउ म आउँछु भनेर घर पठाएको भनेपछि प्रहरीले उसैको बयानको आधारमा स्केच फोटो बनाएको थियो । सञ्जयको बयानका आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट आएका प्रहरीले उनीसँगै मिल्ने स्केच फोटो बनाएका थिए । उनीसँगै मिल्ने फोटो बनेपछि प्रहरीले अनुसन्धानलाई उनीहरुबितर मोडेको थियो । अनुसन्धानकै क्रममा सञ्जय पछि घर आउँदा पानीले भिजेको कपडा लगाएर आएको सूचना पाएपछि प्रहरीले केरकार गर्दा घटनाको रहस्य खुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘अनुसन्धानको क्रममा सञ्जयलाई हामीले दिनभरी ल्याएर प्रहरीसँगै राख्ने र वेलुका घर पु¥याउने गरिरहेका थियौं, पछि प्रहरीको छानबिनको घेरमा उनी आफैं परे ।’ उनीहरु दुवैलाई थप अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहा, २ नम्वर प्रदेशबाट आएका विशेष प्रहरीको अनुसन्धान टोली र इलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त टोलीले हत्यामा संलग्न रहेकाले दुवैलाई पक्राउ गरी अनुसन्धान गरेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
INSEC , National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari , Local Newspaper - Chitwan , Local Newspaper - Morang

0 Comments