Incident Reports

CIAA arrests 3 govt officials with bribe

2017-10-23

Province 1, Sunsari, Dharan

The Commission for the Investigation of Abuse of Authority (CIAA) on Monday caught three government officials of area administration office, Dharan, while taking bribe. A team deployed from CIAA, Itahari caught red-handed three Nayab Subbas non-gazetted officers (Nayab Subba) Harka Raj Rai, Yubaraj Pokharel and Mohan Subedi while they were taking bribe from a service seeker. They had taken Rs 20,000 bribe from the service seeker of Barah Municipality-2 for issuing a copy of his citizenship. इलाका प्रशासन कार्यालय धरानका तीन जना नायब सुब्बा सेवाग्राहीसँग घुस रकम लिएपछि रंगेहात पक्राउ परेका छन् । सोमवार सेवाग्राहीसँग २० हजार रकम घुस लिए लगत्तै उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीको टोलीले रंगेहात पक्राउ गरी नियन्त्रणमा लिएको हो । २० हजार घुस रकमसहित पक्राउ पर्नेमा मुख्य नाइके हर्कराज राई, युवराज पोखरेल र मोहन सुवेदी रहेका छन् । उनीहरुलाई अख्तियारका डिएसपी मुकुन्द रिजाल नेतृत्वको टोलीले कार्यकक्षबाटै पक्राउ गरेको हो । पक्राउ परेका तीनै जना नासुहरुले नागरिकताको मिति सच्याउन आएका सुनसरी बराहा नगरपालिकाका प्रकाश भट्टराईसँग २० हजार रकम दिएमात्र नागरिकताको जन्म मिति सच्याइदिने भन्दै रकम असुल गरेका थिए । भट्टराईसँग लिएको २० हजार रकमको बार्गेनिङ सुरुमा राईले गरेका थिए । उक्त रकम लिनासाथ राईले पोखरेल र पोखरेलले सुवेदीलाई दिएर लुकाउन खोज्न साथ अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको डिएसपी रिजालले बताए । पक्राउ परेका तीनै जनाविरुद्ध भष्ट्रचार गरेको अभियोगमा मुद्धा दर्ता गरी कारवाही अगाडि बढाउने पनि रिजालले बताएका छन् । पक्राउ परेकाहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा राखिएको छ । उनीहरुलाई मंगलवार अख्तियारको केन्द्रीय कार्यालयमा हाजिर गराई विशेष अदालतमा मुद्धा दर्ता गर्ने बताइएको छ ।
National/Online Media , Local Newspaper - Kailali

0 Comments

Related Reports
Related Trend Analysis