Incident Reports

Dalit leaders of three big parties threaten to leave party

2017-11-01

Bagmati, Kathmandu, Kathmandu

Dalit leaders of three big parties threatened to leave the political party if tickets are not provided to candidates from dalit community in the two phases of election going to be held on November 26 and December 7. The dalit leaders of three big parties said so while talking with dalit online. The dalit leaders became unhappy after CPN-Maoist Centre and CPN-UML made only 1 dalit candidate each for upcoming election. आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा दलित समुदायहरुलाई टिकट नदिएको भन्दै ठूला तीन दलका दलित नेताहरुले सामुहिक रुपमा पार्टी छोड्ने चेतावनी दिएका छन् । दलित अनलाइन डटकमसँग कुराकानी गर्दैै तीन पार्टीका दलित नेताहरुले प्रयोग गर्ने समयमा दलित समुदायलाई महान बनाउने र शासन सत्तामा पु¥याउने बेलामा दलित समुदाय विभेदकारी दृष्टिकोणबाट हेर्ने प्रवृत्ति कायम रहेको भन्दै पार्टीभित्र अन्तिम संघर्ष गर्ने दावी गर्दैै सामुहिक रुपमा पार्टी छोड्ने चेतावनी दिएका हुन् । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले एक जना र एमालेबाट एक जना दलित उम्मेदवार बनाएपछि दलित नेताहरु रुष्ट बनेका छन् । कांग्रेसबाट एकजना दलितलाई पनि टिकट दिइएको छैन । नेपाली कांग्रेसका एक नेताले नाम नभन्ने शर्तमा भने , हिजोदेखि लोकतान्त्रिक प्रजातान्त्रिक आन्दोलन हुँदै पार्टीमा सक्रियपूर्वक लाग्दा समेत टिकट नदिने , दलितहरुलाई भोट व्याङक मात्रै बनाउने पार्टी चरित्रको विकास भएको छ । यस्तो पार्टीहरुमा दलितहरु चुपचाप बसेर काम हुँदैन अब ,उनले भने ,‘ पैसा कमाउने माध्यम बनेको छ ,टिकट दिने प्रवृत्ति ।’ आफैलाई लोकतन्त्रको हिमायती र समानुपातिक समावेशीको दावी गर्ने पार्टीले दलित समुदायलाई हेर्ने दृष्टिकोण अझै पनि विभेदकारी रहेको भन्दै पार्टी संगठनभित्र चर्को आलोचना सुरु भएको हो । ढिलो गरी अभियान चाल्ने दलित आन्दोलन पनि चुपचाप कोठे बहसमै विरोधका लागि विरोध मात्रै गरिरहेको छ । अझै कतिपयलाई त विरोध गरौ पार्टीले टिकट दिदैनन् ,नगरौं संगठनभित्र मुख कसरी देखाउने जस्तो भएको एक नेताले बताए । बाध्य भएर उभिएको जस्तो भएको छ यतिवेला उनले भने, जिल्ला र क्षेत्रतिर नाम सिफारिस भयो होला भनेर फोन आउन थालेको छ, यहाँ पार्टीले नाम समेत लिदैनन्, निकै दोधारमा परियो । यतिवेला पार्टी परिर्वतन गरौ,म्यासेज नराम्रो जाने, पार्टीमा सम्मानजनक रहने अवस्था छैन ,उनले पनि नाम नराख्न अनुरोध गरे । बाम गठबन्धन भएसँगै केही दलित नेताहरुलाई आशा पलाएको थियो । सुरुमा स्थायी समितिका नेताहरुको नाम समेत चर्चामा थियो ,एमालेभित्र । तर नाम चलेका नेताहरुको त कुरै छोडौ,धेरै सक्रिय र योगदान दिएका नेताहरुको नाम निशाना समेत उम्मेदवारमा नपरेपछि आफ्नै पार्टीलाई कतिपय नेताहरुले गाली गर्ने थालेका छन् । ‘पहिला चुनावमा महिलाको अनिवार्य भयो, यो पल्ट त सबैले तपाईको टिकट सुनिश्चित छ भनेको थिए । अहिले परिएन् अब कहिले परिने हो,उनले भने, ‘हाम्रो पार्टी पनि काम नलाग्ने पार्टी भयो अब पार्टीमा बसिरहने अवस्था रहदैन् ।’ माओवादी केन्द्रले ३७ निर्वाचन क्षेत्र र ७४ प्रदेश सभाको उम्मेदवारमा दलित समुदायबाट एक जना मात्र अटाएपछि पार्टीभित्र सक्रिय र प्रत्यक्ष समेत चुनाव जित्ने सक्ने नेताहरु रहेको भन्दै दलित नेताहरुले पार्टीले दलित समुदायलाई हेर्ने विचारमा समस्या रहेको एक नेताले बताए । समावेशी र समानुपातिकको नारा फलाक्ने माओवादी र एमालेले शासन सञ्चालन गर्ने महत्वपूर्ण ठाउँमा भने दलित समुदायलाई वेवास्ता गरेको छ । देशमा गणतन्त्रको स्थापना भएर संविधान समावेशी सिद्धान्तलई अंगीकार गरेको भए पनि देशका मुख्य पार्टीहरुले नै यसको खिल्ली उडाउन थालेसँगै दलित समुदायभित्र समेत यसको बहस सुरु भएको छ । एमालेले ३२ वटा जिल्लाको उम्मेदवारको टुंगो लगाउँदा मुगु (ख) बाट दानसिंह परियार मात्र उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले रुकुम पश्चिमबाट रातु कामीलाई उम्मेदवार बनाएको छ । पार्टीमा बाहुनवाद र परिवारवाद हावी हुँदै गएकाले दलित र समाबेशीको मुद्दालाई पाखा लगाउँदै गएको हेडक्वार्टर सदस्यले भने, ‘दलित समुदायका नेताहरु पनि माओवादीमा एस म्यान बनेका छन् । माथिल्लो पोस्टमै भएका साथीहरुले पनि यस विषयमा कुरा उठाउन सक्दैनन् । परिणाम त पार्टीमा दलितको मुद्दा ओझेल पर्दै गएको छ ।’ उनले भने, ‘दुःख पर्दा हामी दलितहरुले पार्टी बनायौँ, ज्यानको आहुती दिन पनि पछि परेनौँ । तर, पार्टी सुखमा हुँदा हामीलाई विर्सन थाल्यो ।’ दलितहरुसँग विद्रोह गर्न सक्ने नेताहरुको अभावमा पनि समस्याहरु झन् गम्भीर बन्दै गएको ती नेताको भनाई छ । पार्टीलाई ब्राहमण समुदायकाहरुले एकलौटि रुपमा कब्जा जमाउन थालेको समेत उनले बताए । आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा दलित समुदायहरुलाई टिकट नदिएको भन्दै ठूला तीन दलका दलित नेताहरुले सामुहिक रुपमा पार्टी छोड्ने चेतावनी दिएका छन् । दलित अनलाइन डटकमसँग कुराकानी गर्दैै तीन पार्टीका दलित नेताहरुले प्रयोग गर्ने समयमा दलित समुदायलाई महान बनाउने र शासन सत्तामा पु¥याउने बेलामा दलित समुदाय विभेदकारी दृष्टिकोणबाट हेर्ने प्रवृत्ति कायम रहेको भन्दै पार्टीभित्र अन्तिम संघर्ष गर्ने दावी गर्दैै सामुहिक रुपमा पार्टी छोड्ने चेतावनी दिएका हुन् । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रले एक जना र एमालेबाट एक जना दलित उम्मेदवार बनाएपछि दलित नेताहरु रुष्ट बनेका छन् । कांग्रेसबाट एकजना दलितलाई पनि टिकट दिइएको छैन । नेपाली कांग्रेसका एक नेताले नाम नभन्ने शर्तमा भने , हिजोदेखि लोकतान्त्रिक प्रजातान्त्रिक आन्दोलन हुँदै पार्टीमा सक्रियपूर्वक लाग्दा समेत टिकट नदिने , दलितहरुलाई भोट व्याङक मात्रै बनाउने पार्टी चरित्रको विकास भएको छ । यस्तो पार्टीहरुमा दलितहरु चुपचाप बसेर काम हुँदैन अब ,उनले भने ,‘ पैसा कमाउने माध्यम बनेको छ ,टिकट दिने प्रवृत्ति ।’ आफैलाई लोकतन्त्रको हिमायती र समानुपातिक समावेशीको दावी गर्ने पार्टीले दलित समुदायलाई हेर्ने दृष्टिकोण अझै पनि विभेदकारी रहेको भन्दै पार्टी संगठनभित्र चर्को आलोचना सुरु भएको हो । ढिलो गरी अभियान चाल्ने दलित आन्दोलन पनि चुपचाप कोठे बहसमै विरोधका लागि विरोध मात्रै गरिरहेको छ । अझै कतिपयलाई त विरोध गरौ पार्टीले टिकट दिदैनन् ,नगरौं संगठनभित्र मुख कसरी देखाउने जस्तो भएको एक नेताले बताए । बाध्य भएर उभिएको जस्तो भएको छ यतिवेला उनले भने, जिल्ला र क्षेत्रतिर नाम सिफारिस भयो होला भनेर फोन आउन थालेको छ, यहाँ पार्टीले नाम समेत लिदैनन्, निकै दोधारमा परियो । यतिवेला पार्टी परिर्वतन गरौ,म्यासेज नराम्रो जाने, पार्टीमा सम्मानजनक रहने अवस्था छैन ,उनले पनि नाम नराख्न अनुरोध गरे । बाम गठबन्धन भएसँगै केही दलित नेताहरुलाई आशा पलाएको थियो । सुरुमा स्थायी समितिका नेताहरुको नाम समेत चर्चामा थियो ,एमालेभित्र । तर नाम चलेका नेताहरुको त कुरै छोडौ,धेरै सक्रिय र योगदान दिएका नेताहरुको नाम निशाना समेत उम्मेदवारमा नपरेपछि आफ्नै पार्टीलाई कतिपय नेताहरुले गाली गर्ने थालेका छन् । ‘पहिला चुनावमा महिलाको अनिवार्य भयो, यो पल्ट त सबैले तपाईको टिकट सुनिश्चित छ भनेको थिए । अहिले परिएन् अब कहिले परिने हो,उनले भने, ‘हाम्रो पार्टी पनि काम नलाग्ने पार्टी भयो अब पार्टीमा बसिरहने अवस्था रहदैन् ।’ माओवादी केन्द्रले ३७ निर्वाचन क्षेत्र र ७४ प्रदेश सभाको उम्मेदवारमा दलित समुदायबाट एक जना मात्र अटाएपछि पार्टीभित्र सक्रिय र प्रत्यक्ष समेत चुनाव जित्ने सक्ने नेताहरु रहेको भन्दै दलित नेताहरुले पार्टीले दलित समुदायलाई हेर्ने विचारमा समस्या रहेको एक नेताले बताए । समावेशी र समानुपातिकको नारा फलाक्ने माओवादी र एमालेले शासन सञ्चालन गर्ने महत्वपूर्ण ठाउँमा भने दलित समुदायलाई वेवास्ता गरेको छ । देशमा गणतन्त्रको स्थापना भएर संविधान समावेशी सिद्धान्तलई अंगीकार गरेको भए पनि देशका मुख्य पार्टीहरुले नै यसको खिल्ली उडाउन थालेसँगै दलित समुदायभित्र समेत यसको बहस सुरु भएको छ । एमालेले ३२ वटा जिल्लाको उम्मेदवारको टुंगो लगाउँदा मुगु (ख) बाट दानसिंह परियार मात्र उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले रुकुम पश्चिमबाट रातु कामीलाई उम्मेदवार बनाएको छ । पार्टीमा बाहुनवाद र परिवारवाद हावी हुँदै गएकाले दलित र समाबेशीको मुद्दालाई पाखा लगाउँदै गएको हेडक्वार्टर सदस्यले भने, ‘दलित समुदायका नेताहरु पनि माओवादीमा एस म्यान बनेका छन् । माथिल्लो पोस्टमै भएका साथीहरुले पनि यस विषयमा कुरा उठाउन सक्दैनन् । परिणाम त पार्टीमा दलितको मुद्दा ओझेल पर्दै गएको छ ।’ उनले भने, ‘दुःख पर्दा हामी दलितहरुले पार्टी बनायौँ, ज्यानको आहुती दिन पनि पछि परेनौँ । तर, पार्टी सुखमा हुँदा हामीलाई विर्सन थाल्यो ।’ दलितहरुसँग विद्रोह गर्न सक्ने नेताहरुको अभावमा पनि समस्याहरु झन् गम्भीर बन्दै गएको ती नेताको भनाई छ । पार्टीलाई ब्राहमण समुदायकाहरुले एकलौटि रुपमा कब्जा जमाउन थालेको समेत उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Dalit
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
National/Online Media

0 Comments