Incident Reports

Man Axes Wife to Death

2013-06-23

Siraha/June 23 Ram Bilash Ram, 55, of Bastipur VDC-8 has killed his wife Runa Devi with an axe on June 23 morning. According to Ram Bilash’s mother and mother-in-law of the deceased, Jitanti Devi Ram, her son was accusing Runa Devi of having extramarital affair in the evening of June 22. Jitani added Ram Bilas hit Runa Devi with axe three or four times adding neighbors Lakshu Ram, Kisan Ram and Ram Briksha Ram were also injured when they went to save the woman. Ram Bilas, who tried to flee with the body of his wife, was nabbed by the neighbors and handed over to the police. DSP Hariraj Wagle of Ward Police Office informed that the body had been taken to Lahan Hospital for postmortem. The injured are undergoing treatment at Lahan Hospital. Durga Pariyar सिरहा । ०७० असार ९ गते बस्तीपुर गाविस-८ की ४५ वर्षीया रुनादेवी रामलाई ५५ वर्षीय पति रामबिलास रामले असार ९ गते बिहान बन्चरो प्रहार गरी हत्या गरेका छन् । अघिल्लो दिन बेलुका खाना खाई पत्नीलाई परपुरुषसँग सम्बन्ध भएको आरोपमा राम बिलासले झगडा गरिरहेको प्रत्यक्षदर्शी मृतककी सासु जितनीदेवी रामले बताइन् । बिहान एक्कासी घरबाट बन्चरो झिकी पत्नीलाई तीन चार पटक प्रहार गरेको जितनीदेवीले बताइन् । उनका अनुसार बन्चरो खोस्न जाँदा लक्षु राम, किसन राम र रामबृक्ष राम पनि घाइते भएका थिए । पत्नीको हत्या गरी मृत शरिर बोकेर भाग्न खोज्दा गाँउलेले समाती प्रहरीलाई खबर गरेको स्थानीयले बताए । लासलाई पोष्टमार्टमको लागि लहान अस्पतालमा ल्याएको वडा प्रहरी कार्यालयका डिएसपी हरिराज बाग्लेले बताए । उनका अनुसार आरोपीलाई गिरफ्तार गरी सकेकोले कानून अनुसारको कारबाही प्रकृया अगाडि बढाउने बताए । घाइतेहरूको लहान अस्पतालमा उपचार भैरहेको बाग्लेले बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis