Incident Reports

Dalitonline: Elected Dalit woman beaten in Melung Police Station, Dolakha

2017-11-02

Bagmati, Dolakha, Melung

An elected Dalit woman was beaten in Melung Police Station, Dolakha. They called her in the police station on November 1, stating that they wanted to talk to her. She reached Melung with her husband when ASI Krishna Bahadur Shrestha assaulted her. Muna is the elected woman member from Dalit community during the local level elections. On August 5, Chandra Bahadur Adhikari assaulted her son Rajkumar Bishwokarma and injured him. A case was filed against Chandra Bahadur after the incident. After that, Chandra Bahadur and his son went to the police station and tried to come to a mutual term. When Muna and her husband reached there, police threatened her to negotiate with Chandra. After some time, they assaulted her husband and when she tried to take the situation in control, she was also beaten by the police. They even threatened to take her life. After that, they went to D.S.P Ram Karki for help. Even after that, they got beaten by the ASI. They now have filed a case against the ASI who assaulted them. दोलखा मेलुङ प्रहरी चौकीमै निर्वाचित दलित महिला कुटिइएकी छिन्। मेलुङ प्रहरी चौकीले कार्तिक १५ गते काम छ ,तपाई तुरुन्त चौकीमा आउनुस् भनेर बोलाएपछि मेलुङ गाउँपालिका वडा ४ भेट्पुबाट श्रीमानसहित चौकीमा आइपुगेकी मुना विश्वकर्मालाई चौकीका असई कृष्णबहादुर श्रेष्ठले मेलमिलाप नगरेको निहुँमा कुटपिट गरेका हुन् । मुना विश्वकर्मा स्थानीय तह निर्वाचनको मेलुङ गाउँपालिका वडा ४नेपाली कांग्रेस बाट निर्वाचित दलित महिला सदस्य हुन् । साउन २१ गते स्थानीय चन्द्रबहादुर अधिकारी र छोरा रामकुमार अधिकारीले आफुनो छोरा राजकुमार विश्वकर्मालाई विना कारण कुटपिट गरी घाइते बनाएका थिए । सोही विषयमा जिल्ला अदालत दोलखामा मुद्दा भए पनि पीडक चन्द्रबहादुर अधिकारी बाबु छोराले चौकीमै प्रहरी सहित मेलमिलाप गर्न दबाब दिएका थिए । आफुहरु प्रहरी चौकी आउनु अघि नै प्रहरी चौकीमा आएर बसेका बाबुछोरासँग असई कृष्णबहादुर श्रेष्ठसँगै बसेर चिया खाँदै गरेको र पछि प्रहरी असईले तिमीहरु यहाँ मिल्ने कि नमिल्ने भनेर सोधीखोजी गर्दै, मिल्नुपर्ने दबाब समेत दिएको मुनाले बताइन् । तिमीहरु जसरी हुन्छ मिल्नु , नत्र राम्रो हुँदैन, भनेर पहिला आफ्नो श्रीमानलाई तीन पटक बासको लौराले हानेको उनले बताइन् । यसरी किन श्रीमानलाई कुट्नुहुन्छ ,हामीलाई यहाँ बोलाएर कुटपिट गर्ने हो ? भनेर सोध्दा उल्टो मलाई पछाडि पिँठ्युमा चार लौरा हानेर भुँइमा लडाएको मुनाले बताइन् । ‘यही मिल्ने भए मिल नत्र, तेरो ज्यान म कसरी लिन्छु भन्दै मलाई कुटे ,उलने भनिन् । हामीले जिल्ला प्रहरी कार्यालय दोलखाको डिएसपी राम कार्कीसँग कुरा गर्दा ,उल्टो तेरो डिएसपीले पनि भन्ने मलाई हो भन्दै थप कुटपिट गरेको उनले बताइन् । आफुहरुमाथि प्रहरीबाटै कुटपिट र अन्याय भएको भन्दै मुनाले जिल्ला प्रहरी कार्यालय दोलखामा मेलुङ प्रहरी चौकीका असई कृष्णबहादुर श्रेष्ठ विरुद्ध उजुरी दर्ता गरेकी छिन् । आफुहरुलाई काम छ भनेर प्रहरी चौकीमा बोलाएर उल्टो कुटपिट र दुव्र्यवहार गरेको भन्दै असई श्रेष्ठलाई तत्काल कारबाहीको माग गर्दै उजुरी दर्ता गरेकी छिन् । आफुहरुमाथि भएको प्रहरी ज्यादती र कुटपिटको तत्काल कारबाही नभए राष्ट्रिय दलित आयोग र अन्य मानव अधिकारवादीसँग जाने विश्वकर्माले बताइन् । के भन्छन् डिएसपी जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी राम कार्कीले आफुले घटना सबै बुझिसकेको भन्दै तत्कालै छानविन गरी कारबाही गर्ने बताएका छन् । ‘मैले आज पनि घटनाको बारेमा बुझिसकेको छु ,तत्कालै छानविन गरी कारबाही गर्छु ,’उनले भने । डिएसपी कार्कीले मेलुङ प्रहरी चौकीका असईबाट पिटिएको हो , होइन स्वास्थ्य परिक्षण गरी दोषी पाएमा तत्कालै कारबाही गर्ने जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments