Incident Reports

Pharmacy owner arrested for threatening the doctor

2017-11-09

Province 1, Morang, Biratnagar

Jitendra Kumar Rajak, an owner of a pharmacy was arrested by police on Thursday for threatening Ravi Khadka, a doctor of Koshi Zonal Hospital. Rajak went to hospital on Thursday morning at around 11 am and threatened the doctor that he would kill him. Rajak was earlier taken in control by the traffic police in drunk and driving case. He was taken to Mechi hospital by traffic police to test the alcohol presence in his body. Rajiv Khadka, doctor, presented the report stating he was drunk. It was after this incident Rajak threatened the doctor that he would kill him. कोसी अञ्चल अस्पताल विराटनगरका चिकित्सक रवि खड्कालाई धम्की दिने विराटनगरका औषधि व्यवसायी जितेन्द्रकुमार रजकलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। विराटनगरको रानी घर भएका रजकलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी सुरेन्द्र सिटौलाले बताए। रजकले बिहीबार विहान ११ बजे अस्पतालमै पुगेर डा. खड्कालाई धम्क्याएका थिए। ‘म अस्पतालको आकस्मिक कक्षमा ड्युटीमा थिएँ,’ खड्काले भने, ‘एक्कासि आएर ज्यान मार्ने धम्की दिएर गए।’ प्रहरीका अनुसार अस्पतालबाट निस्कने बित्तिकै जे पनि गरिदिने धम्की दिएर रजकले आफ्नो मोवाइलमा डा. खड्काको फोटोसमेत खिचेर लगेको पाइयो। धम्की दिएपछि कोसी अञ्चल अस्पतालका चिकित्सकहरुले रजक विरुद्ध उजुरी दिंदै सुरक्षाको माग गरेका छन्। रजकलाई विराटनगरको रोडशेष चौकबाट प्रहरीले मोटरसाइकल चेकजाँचका क्रममा बिहीबार विहान पक्राउ गरेको थियो । मादक पदार्थ सेवन (मापसे) गरेर मोटरसाइकल चलाएको भन्दै वडा प्रहरी कार्यालय विराटनगरको टोलीले पक्राउ गरेर उनलाई स्वास्थ्य परीक्षणका लागि कोसी अस्पताल पु¥याएको थियो। चिकित्सकले मादक पदार्थ सेवन गरेको रिपोर्ट दिएको भन्दै रजकले डा. खड्कालाई धम्क्याएको पाइएको डीएसपी सिटौलाले बताए । मापसे गरेर सवारी साधन चलाए बापतको जरिवाना तिरेर छुटे लगत्तै उनी चिकित्सकलाई धम्क्याउन अस्पताल पुगेका थिए । धम्की दिए लगत्तै उनी अस्पतालबाट बाहिरिएको प्रहरीले जनाएको छ। धम्की दिएको भनेर उजुरी परेपछि औषधि व्यवसायी रजकलाई पक्राउ गरेर ल्याइएको जानकारी डीएसपी सिटौलाले दिए । उनी विरुद्ध कारवाही अघि बढाउन अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रजकको विराटनगरको रानीमा औषधि पसल संचालनमा छ । नोवेल मेडिकल कलेज र लाइफगार्ड अस्पतालमा समेत उनले औषधि पसल संचालन गर्दै आएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
National/Online Media

0 Comments