Incident Reports

Former Fin Min Pun's vehicle ambushed in Rolpa

2017-11-11

Lumbini, Rolpa, Madi, Ward 1

Former Finance Minister and Rolpa Constituency 1 candidate Barsha Man Pun's vehicle was ambushed at Sukudaha in Rolpa district. All the occupants escaped the incident unhurt. The vehicle suffered minor damages Pun was heading towards Ghartigaun after concluding election campaign in Sukidaha when the vehicle (Ba 15 Cha 8628) was ambushed at Pedikhola, Bhitabang, in Madi Rural Municipality. Police said no one has taken responsibility for the act. Police suspected cadres of Communist Party of Nepal might be behind it to avenge the arrest of its party cadres few days back. A police team has been dispatched towards the incident site. On Friday, a bomb was hurled towards former home minister Janardan Sharma's vehicle in Rukum district. वाम गठबन्धनका तर्फबाट रोल्पाबाट प्रतिनिधिसभाका उम्मेदवार एवं पूर्वअर्थमन्त्री वर्षमान पुनमगर सवार गाडीमाथि शनिबार एम्बुस राखिएको घटनापछि घटनास्थलमा थप सुरक्षाकर्मी परिचालित भएका छन् । पुन सवार बा १५ च ८६२८ नम्बरको स्कारपियो जिप लक्षित गरेर शनिबार मध्यान्ह माडी गाउँपालिका-१ भिताबाङ गाउँ नजिकैको पेदीखोलामा एम्बुस राखिएको हो । प्रहरीका अनुसार उम्मेदवार तथा माओवादी केन्द्रका नेता पुनलाई लक्षित गरेर एम्बुस पारिएको हुन सक्ने अनुमान छ । पुन एमाले र माओवादी केन्द्रबीच भएको वाम गठबन्धनअन्तर्गत माओवादीका तर्फबाट प्रतिनिधिसभाका एक्ला उम्मेदवार हुन् । माडी गाउँपालिकाको केन्द्र घर्तीगाउँदेखि करिब २ किलोमिटर पश्चिमको ओतमा उक्त घटना भएको हो । संयुक्त वाम गठबन्धनका तर्फबाट अघिल्लो दिन सुकीदह गाउँपालिकाको जिनाबाङमा चुनावीसभा सकेर राङ्सी जाने क्रममा घर्तीगाउँतिर फर्कंदै गरेका बेला अज्ञात समूहले पुन सवार गाडीलाई लक्षित गरेर एम्बुसमा पारेको प्रहरीले जनाएको छ । घटनास्थल रोल्पा सदरमुकाम लिबाङबाट करिब ३० किमि पश्चिममा पर्छ । थप अनुसन्धानका लागि घटनास्थल पुगेका रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले घटनाबारे अनुसन्धान थालिएको र थप सुरक्षाकर्मी परिचालित गरिएको बताए । घटनापछि जानकारी दिन प्रमुख जिल्ला अधिकारी डिजन भट्टराई पनि सदरमुकाम लिबाङबाट घर्तीगाउँ पुगेका छन् । उम्मेदवार पुनको टोलीको सुरक्षा गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई खटाइएको छ । पुनसँगै प्रदेशसभाका उम्मेदवार दीपेन्द्रकुमार पुनसहित समानुपातिक उम्मेदवारहरु जयपुरी घर्तीमगर, हरिसरा घर्तीमगर एमालेका समानुपातिक उम्मेदवारद्वय कुमार दशौदी र ईश्वरी घर्तीमगर समेत छन् । टोलीमा एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, एमाले अध्यक्ष हरिप्रसाद घर्तीमगर र माओवादी केन्द्रका अध्यक्ष सुरेन्द्र घर्ती समेत छन् । पुन सवार गाडीलाई बीचमा पारेर प्रहरीले स्कटिङ गरे पनि एम्बुसको लक्ष्य पुनको गाडीमाथि नै थियो । घटनापछि स्थिति तनावपूर्ण बनेको स्थानीवासीले बताएका छन् । घटनामा मानवीय क्षति नभए पनि जिपमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरीले दर्जन पटक भन्दा बढी गोली चलाएको थियो । एम्बुस राख्नेको खोजी जारी राखिएको प्रनाउ फुयालले बताए । घटनाले निर्वाचन अभियान रोकिँदैन : वाम गठबन्धन घटनापछि केहीबेर घर्तीगाउँमा रोकिएको संयुक्त वाम गठबन्धन टोली नियमित अभियानअन्तर्गत निर्वाचन अभियानका लागि राङ्सी गाउँमा पुगेको छ । राङ्सीमा शनिबार सभा आयोजना गरिएको छ । संयुक्त निर्वाचन प्रचार प्रसार समिति संयोजक एमाले पोलिटब्युरो सदस्य तथा पूर्वसांसद गोकुलप्रसाद घर्तीमगरले एम्बुस विस्फोटपछि पनि चुनावी गतिविधि जारी राखिएको बताए । ‘हामीलाई तर्साउने उद्देश्यले गरिएको विस्फोटबाट हामी आत्तिएका छैनौं । हाम्रो अभियान रोकिँदैन ।’ उनले यसअघि नै तय भएका कार्यक्रम सम्पन्न गर्ने योजना नफेरिएको बताए । वाम गठबन्धनले आइतबार दुईखोली गाउँपालिकाको इरिबाङ बागमारामा चुनावी सभा आयोजना गरिएको र सभालाई सम्बोधन गर्न पुन सम्मिलित टोली पुग्ने उनले बताए । वाम गठबन्धनको टोली २७ कात्तिकमा थबाङ पुगेर निर्वाचन अभियान चलाउने योजनामा छ । विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । निर्वाचन गतिविधिमा अवरोध पुर्‍याउन खोजेको आरोपमा प्रहरीले केही दिनअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रोल्पा इन्चार्ज दलबहादुर खत्री र सचिव सन्तोष सुवेदीलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनाप्रति असन्तुष्टि जनाउँदै नेकपाका कार्यकर्ताले प्रतिक्रियास्वरुप एम्बुस विस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ । वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा रोल्पाबाट उम्मेदवारी दिएका पुनले घटनाप्रति दु:ख व्यक्त गर्दै आफूहरुको हत्या गर्ने योजनासहित बम विस्फोट गराइएको बताएका छन् । यसबाट आफूहरु विचलित नभएको र निर्वाचन प्रचार अभियान नरोकिने समेत उनले बताए । ‘उम्मेदवारहरुको हत्या गर्ने योजनाले सडकमा एम्बुस विच्छ्याएर विस्फोट गराइएको छ ।’ पुनले प्रतिक्रिया दिए, ‘हामी बाँच्न सफल भयौं । तर यो विस्फोटले हाम्रो निर्वाचन अभियान रोकिँदैन ।’ घटनाबारे गम्भीरतापूर्वक छानबिन गर्न र उम्मेदवारहरुको सुरक्षामा गम्भीर ध्यान दिन पुनले सरकारलाई आग्रह गरे । आपराधिक क्रियाकलाप बन्द गर्न सम्बन्धित पक्षलाई पुनले चेतावनी समेत दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media , INSEC , Local Newspaper - Dhanusha

0 Comments