Incident Reports

Complaint Lodged for Assault on Witchcraft Allegation

2013-06-24

Sunsari/ June 25 Family of Parwatana Devi Urao, 50, of Laukahi VDC-3 has lodged a complaint against Jhawala Devi Urao, 45, Babi Kumar Urai, 20, Dhane Lal Urao, 60, and Kuma Devi Urao, 50, at District Police office Sunsari on June 24 accusing them of seriously beating her on witchcraft allegation. The victim was alleged of bewitching her neighbor, an 18-year-old Koshela Urao on June 19. She was dragged out of her house and thrashed by the accused after the witch doctor Shree Lal Urao said that Koshela was bewitched, according to the eyewitness Jaya Prakash Paudar. The victim received primary treatment at District hospital in Inaruwa and was taken to the Nobel Hospital in Biratnagar for further treatment. The complaint against the accused has been lodged at the District Police Office on June 21, Laukahi, after the Area Police Office was passive on finding about the incident, the victim’s family said. The incident is on further investigation according to the District Police Office. Suk Dev Chaudhary सुनसरी । ०७० असार ११ गते लौकही गाविस-३ की ५० वर्षीया परवतनीदेवी उराँवलाई बोक्सीको आरोप लगाई मरणासन्न हुने गरी कुटपिट गर्ने ४५ वर्षीया झवलोदेवी उराँव, २० वर्षीय वविकुमारी उराँव, ६० वर्षीया धनेलाल उराँव, ५० वर्षीया कुमादेवी उराँव लगायतविरुद्ध पीडितपक्षले असार १० गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएको छ । गत असार ५ गते छिमेकी १८ वर्षीया कोशेला उराँव विरामी भए पछि सोही गाविस ९ का धामी श्रीलाल उराँवको घरमा देखाउन गएको अवस्थामा बोक्सीको मन्त्रवाणले विरामी बनाएको भन्दै पीडितलाई घरबाट लगेर बिरामी तथा आफन्तहरू मिलेर कुटपिट गरी घाइते बनाएको प्रत्यक्षदर्शी जयप्रकाश पौदारले जानकारी दिए । पीडितको उपचार जिल्ला अस्पताल इनरुवामा सामान्य गराई थप उपचार विराटनगर स्थित नोबेल अस्पतालमा गरिएको थियो । घटनामा संलग्न विरुद्ध असार ७ गते नै इलाका प्रहरी कार्यालय लौकहीमा उजुरी गए पनि कुनै सुनुवाई नभएपछि जिल्ला प्रहरी सुनसरीमा पुन दिएको पीडितले बताए । घटना विषयमा पीडितले सामान्य जानकारी मात्र गराएको र जिल्ला प्रहरीबाट पत्र आएपछि मात्र जानकारी भएको लौकहीका सई इन्द्र दाहाले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis