Incident Reports

Accused Child Rapist Arrested

2013-07-02

Saptari/July 2 Police have arrested a 17-year-old boy on July 1 on charge of raping a 10-year-old girl. Kanchanpur Area Police Office’s Inspector Laxman Khadka informed that the boy arrested for raping the girl on July 1 afternoon alluring with a promise of money. The girl said the incident happened when she was alone at home. Locals had held him and then handed over to the police. Khadka added the accused juvenile was in the custody of APO Kanchanpur. Medical treatment of the girl was held at BP Koirala Institute of Health Sciences in Dharan. Manohar Kumar Pokharel सप्तरी । ०७० असार १८ गते एक १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जण्डौल गाविस-५ का १७ वर्षीय मोहम्मद ज्याउललाई प्रहरीले असार १७ गते राति घरबाट गिरफ्तार गरेको छ । जण्डौल गाविस-६ की १० वर्षीया बालिकालाई असार १७ गते अपरान्ह ४ बजे पैसाको प्रलोभन देखाई बलात्कार गरेको आरोपमा ज्याउललाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर लक्ष्मणबहादुर खड्काले बताए । घरमा कोही नभएको बेला पीडित बालिकालाई ज्याउलले बलात्कार गरेको पीडितले बताइन् । बलात्कार गरेको भन्दै स्थानीयबासीले आरोपितलाई नियन्त्रणमा लिई प्रहरी चौकी महुलीमा बुझाएका थिए । आरोपितलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखेको इन्स्पेक्टर खडकाले जनाए । पीडित बालिका र आरोपितको असार १८ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण गरिएको छ । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis