Incident Reports

Biplov-led CPN captures land of candidates

2017-11-12

Biplov-led Communist Party of Nepal has captured land of four political leaders in Khotang including election candidates and municipality chief on November 11 and 12. CPN captured land of Congress candidate for State Assembly (Ka) from Lamidanda-2 Subash Pokharel, Municipality Chief Iwan Rai from Halesi Tuwachung-6, RPP leader Chandra Singh Basnet from Lamidanda-6 and his son, Giriraj Basnet. CPN notified the capture of property by posting flag near the houses. नेपाल कम्युनिष्ट पार्टीले कात्तिक २५ र २६ गते खोटाङका आसन्न निर्वाचनका उम्मेद्वार तथा नगरप्रमुखलगायत चार जनाको घरजग्गा कब्जा गरेको जनाएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको उक्त पार्टीले जिल्लाबाट प्रदेशसभा (क) का काङ्ग्रेस उम्मेदवार लामिडाँडा गाउँपालिका-२ का सुवास पोखरेल, हलेसी तुवाचुङ नगरपालिका-६ का नगरप्रमुख इवन राई, लामिडाँडा गाउँपालिका -२ का राप्रपा नेता चन्द्रसिं बस्नेत र उनका छोरा गिरीराज बस्नेतको घर-जग्गा कब्जा गरेको जनाएको हो । नेपाल कम्युनिष्ट पार्टीले घर छेउमा झण्डा गाडेर घर र जग्गा कब्जा गरेको जनाएको हो । ‘दलाल संसदीय व्यवस्थाको मतियार बनेकाले जनताले उपभोग गर्ने गरी घर-जग्गा कब्जा गरिएको हो ।’-नेपाल कम्युनिष्ट पार्टीले छाडेको विज्ञप्तिमा उल्लेख छ । चुनावी कार्यक्रममा हिँडिरहेकाले कब्जाका विषयमा जानकारी नभएको काङ्ग्रेसका प्रदेशसभा सदस्यका उम्मेद्वार पोखरेलले बताए । आसन्न निर्वाचनलाई प्रभावित पार्नका लागि घरजग्गा कब्जा गरेको अनुमान गरिएको छ । प्रदेशसभाका उम्मेदवार, मेयरलगायतको घर जग्गा कब्जा गर्ने कार्यकर्ताको खोजी भइरहेको प्रसाशनले जनाएको छ । खोजीका लागि प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth noyouth
INSEC

0 Comments