Incident Reports

Cache of Explosives Found

2013-07-01

Lumbini, Rolpa, Tribeni

Rolpa/July 2 A big cache of weapons kept hidden in a cave has been found at Thurma Lek in Gairigaon on July 1. Two sacks of socket bombs, three sack of sulfur and three bundles of GI pipes were recovered from the cave. The locals going to the jungle to collect fodder had sighted the explosives and informed the police. A team of AFP, posted for the security of the temporary base camp of former PLA combatants at Tila in Gairigaon took hold of the device. Police said the objects were five meters inside the cave. DSP Om Bahadur Rana Magar informed that all the devices looked so old and could have been hidden by the then rebels during the conflict. Police said the NA had been requested to destroy the explosives. Similar cache was found in Tila a few months ago. Dharendra Dangi रोल्पा । ०७० असार १८ गते गैरीगाउँ गाविस-६ थुर्पा लेकमा बेवारिसे अवस्थामा रहेको दुई बोरा सकेट बमसहित ठूलो मात्रामा विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीले असार १८ गते बेवारिसे अवस्थामा दुई बोरा सकेट बम, तीन बोरा बारुद तथा तीन बण्डल फलामको पाइप फेला पारेको हो । घाँस काट्न गएका स्थानीय बासिन्दाले ओढारमा लुकाएर राखिएको अवस्थामा ती विस्फोटक पदार्थ देखेपछि प्रहरीलाई खबर गरेका थिए । गाउँलेहरूको खबर पाएपछि गैरीगाउँको टिलास्थित् माओवादी पूर्व लडाकुको अस्थायी शिबिरको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले बेवारिसे अवस्थामा विष्फोटक पदार्थ बरामद गरेको थियो । बिस्फोटक पदार्थ ओढारमा झण्डै ५ मिटरभित्र लुकाएर राखिएको प्रहरीले जनाएको छ । फेला पारिएको बम र विस्फोटक पदार्थहरू पुराना रहेका डीएसपी ओमबहादुर रानामगरले बताए । सो विस्फोटक पदार्थ द्वन्द्वका बेलामा तत्कालीन विद्रोही माओवादीले लुकाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । फेला पारिएको बिस्फोटक पदार्थ डिस्पोजका लागि नेपाली सेनालाई अनुरोध गरिएको र सेनाको टोली आएपछि मात्र डिस्पोजल गरिने प्रहरी बताएको छ । केही महिनाअघि सो गाविसको तिला नजिक ठूलो मात्रामा विस्फोटक पदार्थ फेला परेको थियो । शान्ति प्रक्रिया सुरु भएको सात वर्षपुग्न लाग्दा समेत विभिन्न स्थानमा पुराना विस्फोटक पदार्थ फेला पर्ने क्रम रहेको छ । धरेन्द्र डाँगी

0 Comments

Related Reports
Related Trend Analysis