Incident Reports

Absconding Man Accused of Killing of Wife Arrested

2013-07-01

Saptari/July 2 Police have arrested Yogendra Yadav, 32, of Ramnagar VDC-2 on July 1 on charge of killing his wife, Urmila Devi Yadav, 27. Yogendra strangulated her to death on June 9 night and was on the run. A joint police team of Pato Area Police Office and Ramnagar Police Station arrested him in Aurahi VDC-7, SP Sanjay Singh informed. Urmila’s father Keshori Yadav filed a complaint on June 14 after Yogendra disappeared along with the wife of his younger brother. The neighbors suspected that Urmila was killed because Yogendra had an affair with his sister-in-law. The locals had found Urmila’s body dumped in the field near the house on June 10. Manohar Kumar Pokharel सप्तरी । ०७० असार १८ गते रामनगर गाविस-२ की २७ वर्षीया उर्मिलादेवी यादवको हत्या गरी फरार पति ३२ वर्षीय योगेन्द्र यादवलाई प्रहरीले असार १८ गते औरही गाविस-७ वाट गिरफ्तार गरेको छ । जेठ २६ गते राती पत्नी उर्मिलाको घाँटी थिचेर हत्या गरेपछि फरार योगेन्द्रलाई र्इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी रामनगरको टोलीले औरही गाविस-७ वाट गिरफ्तार गरेको एसपी संजयसिंह बस्नेतले बताए । उर्मिलाको मृत्युलगत्तै भाइबुहारी २७ वर्षीया लक्ष्मीदेवीसहित योगेन्द्र फरार भएपछि उर्मिलाका पिता रामनगर गाविस-८ का ६० वर्षीय केशोरी यादवले हत्या भएको भन्दै जेठ ३१ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दर्ता गराएका थिए । योगेन्द्रको भाइबुहारीसँगको अवैध सम्वन्धका कारण उनीहरूबीच दैनिक झगडा हुने गरेकाले सोही कारणले उर्मिलाको हत्या भएको हुन सक्ने छिमेकीहरूले समेत आशंका गरेका छन् । उर्मिलाको लाश घरनजिकैको खेतमा फ्याँकिएको अवस्थामा जेठ २७ गते बिहान स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । लाशको जेठ २७ गते राजविराज नपा-३ स्थित सगरमाथा अञ्चल अस्पतालमा पोष्टमार्टम भएको थियो । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis