Incident Reports

Discharged From House for Demanding Marriage Registration

2013-07-01

Morang/ July 2 Neeta Chaudhary, 22, of Mrigauliya VDC-7 has been expelled from her house by her husband Krishna Majhi, 20, mother in-law Bhagwati and father-in-law Naresh Majhi on July 1. According to Chaudhary, the family expelled her after she demanded for the marriage registration and citizenship. She had to go to her parental home at Bhutai Tole in Mrigauliya VDC-7 after the incident. The victim said that her husband was preparing to go for the foreign employment without informing her after she has been expelled from the house. She further said that her mother-in-law and father-in-law did not allow her to enter the house and she was beaten and abused. The INSEC representative met the accused and told them about the legal consequences of expelling her from the house and suggested they meet her demand. The couple had a love marriage two months before. On the same day, her parents-in-law agreed to register their marriage. After not meeting their demand, the victim had lodged a complaint at District Police Office on June 5. After the complaint both in-laws were ready to register the marriage on June 10 at District police office. Deepen Neupane मोरङ । ०७० असार १८ गते मृगौलिया गाविस-७ की २२ वर्षीया नीता चौधरीलाई उनका पति २० वर्षीय कृष्ण माझी, सासू भगवती र ससुरा नरेश माझीले असार १७ गते घरबाट निकाली दिएका छन् । पीडितले घरमा आफ्नो नागरिकता बनाउन र विवाह दर्ता गर्न माग गर्दा घर निकाला भएपछि पीडित माइती घर मृगौलिया गाविस-७ भुटाइ टोलमा बस्न बाध्य भएकी छन् । घर निकाला गरेपछि पति आफूलाई जानकारी नै नदिइ वैदेशिक रोजगारमा जाने तयारीमा रहेको पीडितले बताइन् । पीडितलाई उनका सासू भगवती र ससुरा नरेशले समेत घरमा बस्न नदिने भन्दै गालीगलौज र कुटपिट गरेको पीडितकी आमा गुनी चौधरीले बताइन् । आफूखुशी विवाह गरेको भन्दै बाबुआमाले विवाह दर्ता गर्न र पत्नीको नागरिकता बनाउँन नदिएकोले घरमा राख्न नसकेर पत्नीलाई माइतमा नै बस्न पठाएको आरोपितले बताए । इन्सेक प्रतिनिधिले आरोपितलाई भेटेरै पत्नीलाई घर निकाला गरेमा कानुनी कारबाही हुने भएकोले पीडितको नागरिकता बनाइ विवाह दर्ता गरेरसँगै बस्न सुझाव दिएका छन् । आरोपित र पीडितबीच ०७० वैशाख ३ गते प्रेम विवावह भएको थियो । सोही दिन जिल्ला प्रहरी कार्यालयमा दुवैको विवाह दर्ता गरिदिने पीडितका सासू भगवती र ससुरा नरेश माझीले प्रतिवद्धता गरेका थिए । सो प्रतिवद्धता कार्यान्वयन नभएको भन्दै पीडितले ०७० जेठ ५ गते पुनः जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएकी थिइन् । सो उजुरीपछि बुहारीको नागरिकता बनाइ विवाह दर्ता गरिदिने पीडितका पति, सासू र ससुराले दोस्रो पटक जेठ १० गते जिल्ला प्रहरी कार्यालयमा सहमति गरेका थिए । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis