Incident Reports

CPN cadres capture land of candidates and local representatives

2017-11-16

Cadres of Biplov-led Communist Party of Nepal have captured property of elected local representatives and candidates for Provincial and Head of Representatives elections in Khotang. In a press release, CPN mentioned that house and land of seven political leaders including Bishal Bhattarai, candidate from Left Alliance for HoR elections, Subas Kumar Pokharel, Nepali Congress' candidate for Provincial elections, Iwan Rai, Municipality Chief of Halesi Tuwachung municipality, Lilanath Niraula, Rural Municipality Chief of Lamidanda rural municipality. CPN cadres have also been accused of extortion, threatening the local leaders and pressurizing the candidates to take back their candidacy. CPN cadres have been planting the party flag in the front yard of the houses and pasting pamphlet in the wall of houses announcing the capture of the property. नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको गतिविधिबाट जिल्लाबासी त्रसित भएका छन् । नेकपाका कार्यकर्ताले कात्तिक २९ गते राति प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवार तथा जनप्रतिनिधिको घर जग्गा कब्जा गर्न थालेपछि जिल्लाबासी त्रसित भएका हुन् । वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार विशाल भट्टराई, काङ्ग्रेसबाट प्रदेश सभा १ का उम्मेदवार सुवासकुमार पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख ईवन राई, लामीडाँडा गाउँपालिका प्रमुख लिलानाथ निरौलालगायत सात जनाको घर जग्गा कब्जा गरिएको सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रातको समयमा गाउँ पस्ने नेकपाका कार्यकर्ताले घरको आँगनमा पार्टीको झण्डा गाड्नुका साथै घर जग्गा कब्जा भएको भन्ने पर्चा घरको भित्तामा टाँस्ने गरेका छन् । उम्मेदवार र जनप्रतिनिधिको घरजग्गा कब्जा भएको घोषणा गर्दै हिँडेका नेकपाका कार्यकर्ताले फोनमार्फत पटकपटक ज्यान मार्ने धम्कीसमेत दिने गरेको आरोप छ । दिउँसो नभेटिने नेकपाका कार्यकर्ताले फोनमार्फत चन्दा माग्नुका साथै आसन्न निर्वाचनका लागि उम्मेदवारी दिएका नेताहरूलाई उम्मेदवारी फिर्ता लिन पटकपटक दबाव दिने गरेको पाइएको छ । नेकपाका कार्यकर्ताको ज्यानमार्ने धम्की तथा गतिविधिका बारेमा सुरक्षा निकायलाई समेत जानकारी गराइसकिएको लामीडाँडा गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताए । “घरमा विज्ञप्ति टाँस्नुका साथै झण्डा गाडेर गएपछि फोनमार्फत घर छाड्न भन्छन् ।”-उनले भने । जिल्लामा नेकपाको गतिविधिका विषयमा गम्भीर भएर अनुसन्धान थाल्नुका साथै प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाले बताए । आसन्न निर्वाचनलाई प्रभावित पार्न नेकपाले उक्त गतिविधि सञ्चालन गरेको प्रहरी अनुमान छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Secondary Form Threat/intimidation
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 7
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth unknown
INSEC

0 Comments