Incident Reports

Woman Accuses Police of Not Filing Complaint | दाइजो माग्दै यातना दिने विरुद्धको उजुरी प्रहरीले दर्ता नगरेको आरोप |

2013-07-03

Madhes, Saptari, Rajbiraj

Saptari/July 3 Rakhi Jha, 25, of Chanaura Padariya in Rajbiraj Municipality-2 has accused her family of mistreating her for not brining dowry on June 25. At a press meet organized in the office of the Federation of Nepali Journalists (FNJ) on July 3, Rakhi accused that the District Police Office was protecting her father-in-law Radhakanta Jha, 60, and husband Prabin Jha by refusing to file her case. The victim had filed a case at the DPO on June 24 stating that some youths including Mohammad Sallauddin attempted to rape her. She accused her father-in-law of plotting the rape against her. According to her, her in-laws started inflicting severe pain on her after the DPO registered her marriage in the initiation of rights activists five months ago when she was expelled from home by her husband. Rakhi, whose maternal home is in Barahi Birpur, was married to Prabin on April 26, 2012. Meanwhile, Radhakanta refuted the allegation and said that it was targeted towards tarnishing his image. Radhakanta is the priest at Bajarangabali temple in Rajbiraj Municipality-1 while Prabin is in Saudi Arabia for foreign employment. Manohar Kumar Pokharel सप्तरी । ०७० असार १९ गते राजविराज नपा-२ चनौरा पडरियाकी २५ वर्षीया राखी झाले उनका ससुरा ६० वर्षीय राधाकान्त झालगायत घरपरिवारले असार ११ गते दाइजो नल्याएको आरोपमा दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । नेपाल पत्रकार महासंघको कार्यालयमा असार १९ गते पत्रकार सम्मेलनमार्फत राखीले दाइजोका कारण पति प्रवीण झा र ससुरा राधाकान्तले शारीरिक र मानसिक यातना दिएपनि जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता नगरी आरोपितहरूको संरक्षण गरिरहेको बताइन् । पीडितले असार ११ गते साँझ ससुरा राधाकान्तको योजनामा सोही ठाउँका २८ वर्षीय मो. सल्लाउद्दिनलगायतका केही युवाले घरमै बलात्कार प्रयास गरेको भन्दै असार १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । २०६९ माघ महिनामा पतिसहितले घरबाट निकाला गरेपछि अधिकारकर्मीको पहलमा जिल्ला प्रहरी कार्यालयले आफ्नो विवाह दर्ता गराइदिए पछि सासु र ससुराले अझ क्रुर यातना दिन थालेको उनले आरोप लगाइन् । बरही वीरपुर गाविसकी राखी र प्रवीणबीच २०६९ वैशाख १४ गते सामाजिक परम्पराअनुसार विवाह भएको थियो । आरोपित राधाकान्त झाले आफूलाई बद्नाम गर्न झुठा आरोप लगाएको बताए । आरोपित राधाकान्त झा राजविराज नपा १ स्थित बजरंगबली मन्दिरका पूजारी हुन् भने प्रवीण वैदेशिक रोजगारीका लागि सउदीअरब गएका छन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis