Incident Reports

5 CPN cadres detained

2017-11-19

Lumbini, Rolpa, Suwarnabati

Police arrested five CPN activists from Subarnabasti Rural Municipality on Sunday. Himlal Pun, Dhan Bahadur Thapa, Bir Bahadur Oli, Minram Bista and Khadka Bahadur KC were arrested for their involvement in anti-election activities, said police. DSP Gyanendra Prasad Phuyal said the security team also seized seven grenades and other explosives hidden in a house. Similarly, Nuwakot police arrested CPN district committee member Ananta Dhital from Dupcheshwor-6. (PR) इन्सेक रोल्पा जिल्ला प्रतिनिधि माधवकुमार वलीका अनुसार बम बनाउन प्रयोग गरिने सामग्री सहित प्रहरीले सुवर्णावती गाउँपालिका-५ क्वालीगाउँबाट मङ्सिर ३ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरूमा नेकपा रोल्पाका जिल्ला सदस्यहरू धनबहादुर थापा ‘विश्लेषण’, बिरबहादुर वली, हिमलाल पुन, मिनराम विष्ट, सक्रिय सदस्य खड्गबहादुर केसी र आइतराम वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर सुदर्शन पन्थीले जानकारी दिए । उनीहरूको साथबाट रेडबुलका बट्टा सहित सात ओटा क्यान बम फेला परेको प्रहरीले जनाएको छ । रोल्पा नगरपालिका-१० धबाङमा रहेको जिल्ला सदस्य विश्लेषणको घर तलासी गर्दा बम बनाउन प्रयोग हुने ४३ ओटा सकेट फेला परेको पनि प्रहरीले जनाएको छ । रोल्पाको गजुलबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सुवर्णावती गाउँपालिकाको क्वालीगाउँको एकै स्थानबाट आईतबार दिउँसो प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ परेकामा सुनछहरी ६ का हिमलाल पुन, रोल्पा नगरपालिका १० का धनबहादुर थापा र बीरबहादुर वली, सुवर्णावती ५ का मीनराम विष्ट र खड्कबहादुर केसी छन् । उनीहरुबारे सूचना पाएको आधारमा खोज्न सदरमुकाम र सुलीचौरबाट अलग अलग गरी गएको प्रहरीले उनीहरुलाई फेला पारेको थियो । दिउँसो करिब ३ बजेतिर नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । प्रहरीका अनुसार उनीहरु सबै नेकपाका जिल्ला तहका नेता हुन् । प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेकपाका कार्यकर्तालाई पक्राउ गर्दै आएको छ । खोजी कार्यमा संलग्न प्रहरी निरीक्षक सुर्दशन पन्थीले लुकीछिपी बसेका उनीहरुलाई सशस्त्र र नेपाल प्रहरी टोलीको संयुक्त ‘सर्च अभियान’ पछि फेला पारिएको बताए । सुलीचौरबाट प्रहरी निरीक्षक कमल रजौरेको नेतृत्वमा प्रहरी क्वालीगाउ पुगेको थियो । प्रहरीका अनुसार अघिल्लो दिनदेखि नै धबाङ लगायतका स्थानमा उनीहरुको खोजी अभियान थालिएको थियो । रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले उनीहरुलाई खोज्न गएको प्रहरीले एउटा घरमा लुकाइराखिएको विस्फोटक पदार्थ समेत बरामद गरिएको बताए । ‘तयारी अवस्थामा रहेका ७ थान ग्रीनेड समेत फेला पारिएको छ ।’ प्रनाउ फुयालले भने । प्रहरीका अनुसार ‘रेड बुल’ को बट्टामा बम तयार पारिएको फेला पारिएको हो । केही दिनअघि रोल्पा आउदै गरेका विना विभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता तथा उम्मेदवार कृष्णबहादुर महरा, पूर्व अर्थमन्त्री एवं उम्मेदवार वर्षमान पुन, निवर्तमान सभामुख ओनसरी घर्तीमगर, उम्मेदवारहरु कुलप्रसाद केसी, दीपेन्द्र पुन लगायतलाई लक्षित गरी लिबाङको भदौरे जंगलमा विस्फोट गराइएको बम पनि उस्तै प्रकृतिको भएको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले रोल्पा सदरमुकाम लिबाङमा फोटोकपी र ठेक्कापट्टा व्यावसाय गर्दै आएका सुवर्णावतीको क्वालीगाउका लालबहादुर सुनारलाई गत मंसिर १ गते पक्राउ गरेको थियो । यसअघि प्रहरीले गत २२ कात्तिकमा पक्राउ गरेका नेकपाका रोल्पा इन्चार्ज दलबहादुर खत्री जागृति र सचिव सन्तोष सुवेदी प्रयास सहित रोल्पामा अहिलेसम्म प्रहरीले नेकपाका ११ जना नेता र कार्यकर्तालाई पक्राउ गरिसकेको छ । दुई जनालाई घरेलु हतियारसहित प्रहरीले यसअघि नै पक्राउ गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments