Incident Reports

Woman Battered by Husband, In-Laws

2013-07-05

Morang/July 6 Hira Devi Sahani, 26, of Sarauchiya in Biratnagar Sub-Metropolis-7 has been seriously injured when beaten up by her husband Sanjay Sahani, 30, mother-in-law Sudena, 55, and brother-in-law Bijay, 18, on July 5. She was beaten with the split fuelwood and sutained injuries in head and other body parts following a domestic dispute. The victim is undergoing treatment at Koshi Zonal Hospital, her brother Ranjit Sahani informed. She needed eight stitches for her head injury. He added that his sister was beaten up for answering back to the husband and the father-in-law after she asked them not to drink alcohol. The victim’s family has filed a complaint against the accused at District Police Office on July 5. Inspector Suma Karki said that all the three accused had been arrested. Ranjit claimed that the in-laws of his sister were pressuring him to agree to compromise. Dipen Neupane पति, सासू र देवरद्वारा महिलाको टाउकोमा चिर्पट प्रहार, अवस्था गम्भीर मोरङ । ०७० असार २२ गते विराटनगर उमनपा-७ सरौचियाकी २६ वर्षीया हीरादेवी सहनीलाई घरायसी विवादमा उनका पति ३० वर्षीय सञ्जय सहनी, सासू ५५ वर्षीया सुदेना, देवर १८ वर्षीय विजयले असार २१ गते टाउको तथा शरीरका विभिन्न भागमा चिर्पट प्रहार गरी गम्भीर घाइते बनाएका छन् । पीडितको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको उनका भाइ रञ्जित सहनीले बताए । पीडितको टाउकोमा आठ ओटा टाँका लगाइएको कोसी अञ्चल अस्पतालका प्रशासन प्रमुख नवराज लम्सालले बताए । पीडितले मादक पदार्थ सेवन नगर्न पति र ससुरा दिलीपलाई भनेका कारण मुखमुखै लागेको आरोपमा उनीमाथि चिर्पट प्रहार भएको उनका भाइ रञ्जितको भनाइ छ । पीडित पक्षले असार २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । प्रहरीले आरोपितत्रयलाई असार २१ गते नै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुमा कार्कीले बताइन् । आरोपित पक्षले पीडित पक्षलाई मिलापत्र गर्न दबाब दिएको उनका भाइ रञ्जितको भनाइ छ । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis