Incident Reports

Man Arrested On Charge of Women Trafficking

2013-07-07

Kaski/ July 7 Dol Bahadur Thapa, 42, of Bhairabsthan VDC-9 and currently running a restaurant at Sirjana Chok in Pokhara Sub-Metropolis-8 has been arrested on charge of sale of a 13-year-old girl. Inspector Narhari Adhikari of District Police Office informed that a case of human trafficking has been filed against him and the time of custody has been extended on July 7. Thapa was arrested after a verbal complaint filed by the girl's family at District Police Office, Tanahun on July 4. According to Adhikari, the girl fell asleep in the bus while going to her relative in Lekhnath Municipality from Tanahun on May 2 and got off at Prithvi Chok, Pokhara. While returning to Lekhnath, a taxi driver offered to help her but dropped her at Thapa's restaurant. Thapa gave her work for some weeks but then forced her into prostitution. The girl was rescued and handed over to her relatives on July 5. कास्की । ०७० असार २३ गते १३ वर्षीया बालिकालाई बेचविखन गरेको आरोपमा पाल्पा जिल्ला भैरवथान गाविस-९ घर भइ पोखरा उमनपा-८ सिर्जनाचोस्थित निरमाया रेष्टुरेण्ट सञ्चालन गर्ने ४२ वर्षीय डोलबहादुर थापालाई प्रहरीले असार २१ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयमा मुद्दा शाखाका इन्स्पेक्टर नरहरि अधिकारीले आरोपित थापालाई सोही दिन मानव बेचविखन मुद्दा दर्ता गरी असार २३ गते म्याद थप गरेर अनुसन्धान जारी राखिएको बताए । पीडित बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय तनहुँमा असार २० गते मौखिक उजुरी दिएपछि त्यहाँबाट थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्राचार गरेपछि आरोपित थापालाई गिरफ्तार गरिएको उनले बताए । इन्स्पेक्टर अधिकारीका अनुसार पीडित बालिका ०७० वैशाख १९ गते तनहुँबाट लेखनाथ नपास्थित आफन्तको घरमा आउने क्रममा बसमा निदाएपछि पृथ्वीचोकमा झरेकी थिइन् । पृथ्वीचोकबाट लेखनाथ जाने क्रममा एक जना ट्याक्सीचालकले म पुर्‍याइ दिन्छु भन्दै ट्याक्सीमा राखेर उक्त रेष्टुरेण्टमा लगेर छाडेका थिए । रेष्टुरेण्ट सञ्चालक थापाले पीडित बालिकालाई शुरुमा सोही रेष्टुरेण्टमा काम गर्न लगाएको र पछिल्लो समयमा जबरजस्ती यौन व्यवसाय गर्न लगाएका थिए । पीडित बालिकालाई असार २१ गते उद्धार गरी आफन्तकहाँ बुझाइएको छ । सनबहादुर थापा San Bahadur Thapa

0 Comments