Incident Reports

Accused of Caste-based Discrimination Released on Bail

2013-07-07

Rautahat/July 7 District Court Rautahat has released on bail the people of Bhimdabar in Pipariya Dostiya VDC-8 who were accused of caste-based discrimination. District Judge Ram Prasad Adhikari, released them on bail on the deposit of money or property wroth Rs 27,000. Following the order, accused Ramdev Yadav, Chhotelal Yadav and Tej Narayan Yadav have come out of the custody after four weeks. The tension ensued on April 13 when the dalit women tried to enter the temple during the wedding of local Umesh Ram but were barred by the non-dalits. The dalits then, filed the caste-based discrimination complaint while led to their arrest. The non-dalits, enraged over the case, attacked the dalit settlement on June 7 and looted their property leaving 18 people injured. The victims filed a case against NC district working committee secretary Hridaya Narayan Yadav along with other 38 accusing them of attempted murder, dacoity and caste-based discrimination. Bipin Gautam रौतहट । ०७० असार २३ गते पिपरिया दोस्तिया गाविस-८ भिमडावर टोलमा रहेको ब्रम्हस्थान भगवती मन्दिर प्रवेशको विषयमा दलितहरूमाथि आक्रमण गर्ने गैरदलितहरूसँग रौतहट जिल्ला अदालतले ०७० असार २३ गते धरौटी राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएपछि उनीहरू तारेखमा रिहा भएका छन् । रौतहट जिल्ला अदालतका न्यायाधिश रामप्रसाद अधिकारीको इजलाशबाट आरेपितहरूसँग २७ हजार रुपैयाँ वा सो बराबरको जेथा जमानि माग गर्ने आदेश भएको हो । आदेशपछि उक्त मुद्दामा चार हप्तादेखि प्रहरी हिरासतमा रहेका रामदेव यादव, छोटेलाल यादव र तेजनारायण यादव रिहा भएका छन् । गत वैशाख ३० गते स्थानीय झमन रामको छोरा उमेश रामको विवाहमा दलित परिवारका महिलाहरूले भिमडावर टोलमा रहेको ब्रम्हस्थान भगवती मन्दिरमा पुजापाठ गर्न जाँदा गैरदलित परिवारका मानिसहरूले पूजा गर्न नदिई कुटपिट गरेको विषयमा पीडितहरूले इलाका प्रहरी कार्यालय गरुडामा जातिय छुवाछुत ऐन बमोजिम कारबाहीका लागि जाहेरी दर्ता गराएका थिए । सो जाहेरी फिर्ता लिन गैरदलित समूदायका व्यक्तिहरूले दबाव दिएकोमा दलित समुदायले नमानेपछि गत जेठ २४ गते गैरदलित समुदायका व्यक्तिहरूले योजनाबद्ध रुपमा पुरै दलित बस्तीमाथि आक्रमण गरी १८ जना दलितहरूलाई घाइते बनाउनुका साथै घर तोडफेाड र धनमाल लुटेर लगेका थिए । सो घटनाको विरुद्धमा पीडितहरूले नेपाली कांग्रेसका जिल्ला कार्यसमितिका सचिव हृदयनारायण यादव सहित ३९ जना विरुद्ध ज्यान मार्ने उद्योग, डाँका र जातिय छुवाछुत मुद्दामा जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता गराएपछि प्रहरीले अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत रौतहट जिल्ला अदालतमा मुद्दा बुझाएकोमा अदालतले धरौटी माग गर्ने आदेश गरेको हो । बिपिन गौतम

0 Comments

Related Reports
Related Trend Analysis