Incident Reports

Four Arrested on Charge of Raping a Teenager

2013-07-07

Madhes, Siraha, Sukhipur

Dang/July 7 Police on July 7 have arrested four youths on charge of raping a teenager. According to the District Police Office Dang, those arrested are Binod KC, 18, of Khalanga VDC-1 in Pyuthan, Yubaraj Dangi, 22, of Tharmare VDC-5 in Salyan, Chandra Dangi, 21, of same VDC and Arjun Yugi, 20, of Phalabang VDC-5. The Area Police Office Tulasipur had immediately arrested them from the site after learning that they were raping the teenager inside a bus at the Bus park. Likewise, police have arrested a youth on charge of raping a 17-year-old girl on July 5. The name of the accused has not been disclosed. Shalikram Musaphir दाङ । ०७० असार २३ गते तुलसीपुर नपा-५ नयाँ बसपार्कमा पवननगर गाविस-९ कि एक किशोरीलाई बलात्कार गरेको आरोपमा चारजना युवालाई प्रहरीले असार २३ गते पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खलङ्गा गाविस-१ प्युठानका १८ वर्षीय विनोद केसी, थारमारे गाविस-५ सल्यानका २२ वर्षीय युवराज डाँगी, सोही गाविस रागेचौरका २१ वर्षीय चन्द्र डाँगी र फलाबाङ् गाविस-५ सल्यानका २० वर्षीय अर्जुन योगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । उनीहरूले बस पार्कमा ना २ ख ५९२४ नम्बरको ट्रक्रमा लगेर बलात्कार गरिरहेको जानकारी पाएलगतै गएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दियो । बिहान करीब दुई बजे ट्रकभित्र युवती कराइरहेको खबर पाएपछि घटनास्थलमा पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले बतायो । उता असार २१ गते गोल्टाकुरी गाविस-८ कि १७ वर्षीया एक किशोरीलाई तुलसीपुरबाट घर जाँदै गर्दा चार-पाँच जनाको एक समूहले बलात्कार गरेको बताएको छ । घटनामा संलग्न रहेको आरोपमा एक जना युवकलाई पक्राउ गरे पनि उनको नाम प्रहरीले खुलाएको छैन । यसैबीच इन्सेक दाङ र ओरेक दाङले घटनाको विषयलाई लिएर असार २३ गते पीडित र पीडितका आफन्तसँग भेटभाट गरेको छ । शालिकराम मुसाफिर

0 Comments

Related Reports
Related Trend Analysis